[ आरएन चौधरी थारु ]
क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा कोरोना भाइरस ( कोभिड-19 ) ले संक्रमित हुनेको संख्या १३ हजार ९ सय ९३ जना पुगेको छन, भने संक्रमणको कारण अहिलेसम्म मृत्यु हुनेको संख्या १४१ जना पुगेको छ।
आज अक्टोबर ०७ तारिख , बुधबारको दिन कोरोनाको कारण कुनै नागरिकको मृत्यु नभए पनि आजमात्रै ४८९ जना नयाँ संक्रमित फ़ेला परेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ। जम्मा संक्रमित मध्य आज ७४ जना निको भएसंगै जम्मा १० हजार ५०१ जनाले उपचार सकिएर स्वास्थ्य लाभ लिई निको भैइसकेको मन्त्रालयको तथ्यांकले देखाउछ।
हालसम्म ३ हजार ३५१ जनामा कोरोना संक्रमण सक्रिय रहेको छ , भने ४० जना संक्रमित ईमर्जेन्सी कक्ष ( आईसियु ) मा भर्ना भएर उपचाररत रहेको तथ्यांकले देखाउछ।
यो संख्यालाई हेर्दाखेरि पछिल्लो समयमा मलेसियामा कोरोनाबाट संक्रमित हुनेको संख्या पुनः बढ्दै गैइरहेको देखाउछ।

त्यस्तै सरकारको प्रधानमन्त्री तान श्री मुहमदिन यासिनले एक पत्रकार सम्मेलनमा बोल्दै देशैभर पुर्णरुपमा लकडाउन नगर्ने बताएकाछ्न। लकडाउन गर्दा आर्थिक क्षेत्रमा र रोजगारीको क्षेत्र पुर्ण रुपमा प्रभावित हुने भएकोले देशैभर लकडाउन गर्न सकिने अवस्था नरहेको प्रधानमन्त्री यासिनको भनाइ रहेको छ। तर जुन जुन-जुन क्षेत्रमा कोरोना संक्रमणको संख्या उच्च रहेको छ,त्यता संक्रमण कम गर्नको लागी लकडाउन नगरेर बरु कन्डिसनल एमसिओ लागु गरिने प्रधानमन्त्री यासिनले बताए।

मलेसियामा नियन्त्रण नजिक पुगेको कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्यामा अच्चानक पुनः वृद्धि भएपछि सरकारले संक्रमण बढीरहेको ठाउँ, एरियामा आवागमन नियन्त्रण आदेश , लकडाउन कडाइका साथ जारी गरेको छ।



















