के तपाईं अमेरिका जाने सोचमा हुनुहुन्छ ? खुल्याे २०२२ को डीभी,फारम भर्नुहोस्।

काठमाडौं := सन् २०२२ को डाइभर्सिटी भिसा डिभीका लागि हिजो बुधबार रातिदेखि फारम खुल्ला भएको छ। नेपाली समयअनुसार राति पाैने १० बजेदेखि फारम भर्न सकिने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ। यसकाे समयसीमा २०७७ कार्तिक २५ (नाेभेम्बर १०) सम्म ताेकिएकाे छ।

डीभीको आवेदन खुले पछि निःशुल्क आफैले भर्न सकिन्छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिने छ । फाराम भर्नका लागि आधिकारिक वेबसाइटको यो लिंकमा गएर निर्देशन अनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ।

दूतावासले डीभी आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन समेत आग्रह गरेको छ। अमेरिकी दूतावास तपाईँहरूलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिन्छ। आवेदन सम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्ति को सहयोग लिनेतर्फ बिचार गर्नुहोला । सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईँ स्वयम् जिम्मेवार हुनुहुनेछ।

अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा आवेदन अयोग्य ठहरिनेछ । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्ने छ र प्रत्येक फोटो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ । कृपया ध्यान दिनुहोला : फोटो खिच्दा आवेदकले चश्मा लगाउनु हुँदैन।