ओखलढुंगा एकता सेवा समाज मलेसिया द्वारा मिर्गौला पीडित लाई आर्थिक सहयोग।

ओखलढुंगा एकता सेवा समाज मलेसियाले ओखलढुंगा जिल्ला मलुङ गाउँ पालिका ५ कि सुनिता दर्जी लाइ आर्थिक सहयोग गरेको छ ।

दुइवटै मृर्गौला फेल भएर डाईलेसेस गराउदै आइरहेकि दर्जि को आर्थिक अवस्था कमजोरी भएको हुँदा उहाको मिर्गौला प्रत्यारोपणको लागि परिवार ले सहयोग को अपिल गरेको थियो ।

पछिल्लो समयमा मलेसियाका विभिन्न स्थान मा बिपत मा परेका तथा जिल्लामा भइ परिआएका समस्यालाइ सघाउ पुर्याउदै आएको ओखलढुंगा एकता सेवा समाज मलेसियाले उनको उपचारको लागि सहयोग पुगोस भन्ने उदेश्यले संस्थाका दितिय उपाध्यक्ष सुरेन्द्र श्रेष्ठको नेतृत्वमा अभियान संचालन गरि रु ५२५२८ (अक्ष्यरुपी बाउन्न हजार पाँच सय अठाईस रुपियाँ ) सहयोग संकलन गरि पीडित परिवार लाइ हस्तान्तरण गरेको छ ।

पीडित बसोबास गर्दै आएको स्थान मा पुगेर संस्थाका केन्द्रिय समिति नेपालका पदाधिकारी हरुको उपस्थितिमा रकम हस्तान्तरण गरिएको हो ।

ओखलढुंगा एकता सेवा समाज मलेसिया ले अभियानमा जोडिएर साथ दिने सबै लाई धन्यवाद दिदै ओखलढुंगा जिलाबासि सबैको एकाबद्व भएर एस्ता समस्या हरु उजागर गर्नमा लाग्न अनुरोध समेत गरे।