काठमाडौं:= भारतका पिता महात्मा गान्धी १५१औं जन्म जयन्तीका अवसरमा नेपालका कान्छा अभियन्ता केपी खनाललाई युथ आइकन अवार्डमार्फत सम्मान गरिएको छ। भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार राइजिङ टुइकल फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा युथ आइकन अवार्डबाट खनाल सम्मानित भएका हुन्।
सानै उमेरमा विभिन्न जिल्लामा स्वच्छता अभियानदेखि बाजुरामा अनाथ आश्रम निर्माण गर्दै सामाजिक काममा जुटेका खनाल पछिल्लो समय कैलालीमा हेल्प निडी अभियानबाट मजदुरहरुको घर-घरमा खाद्यान्न वितरणमा जुटेका छन् । समाजमा उदाहरणीय कार्य गरे को भन्दै फाउन्डेसनले सम्मान गरेको हो।

आर्थिक अवस्था कमजोर भएर पनि बलियो इच्छाशक्तिका कारण खनालले विभिन्न दाताबाट सहयोग जुटाएर गरीब परिवारलाई सहयोग गर्दै आएका छन् । को’रोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनका बेला दैनिक ज्यालादारी र मजदुरी गुमाएर भोकै बस्नुपर्ने अवस्थामा रहेका गरीब परिवारलाई खनालको पहलमा सहयोग गरिएको थियो।




















