क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा कोरोना भाइरस ( कोभिड-19 ) ले संक्रमित हुनेको संख्या ११ हजार ७ सय ७१ जना पुगेको छन, भने संक्रमणको कारण अहिलेसम्म १३६ जना मानिसको मृत्यु भएको छ।
आज अक्टोबर ०२ तारिख , शुक्रबारको दिन कोरोनाको कारण कसैको ज्यान नगएपनि २८७ जना नयाँ संक्रमित फ़ेला परेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ। जम्मा संक्रमित मध्य आज ८१ जना निको भएसंगै जम्मा १० हजार ९५ जनाले स्वास्थ्य लाभ लिई निको भैइसकेको मन्त्रालयको तथ्यांकले देखाउछ।
हालसम्म १ हजार ५४० जनामा कोरोना संक्रमण सक्रिय रहेको छ। यो संख्यालाई हेर्दाखेरि पछिल्लो समयमा मलेसियामा कोरोनाबाट संक्रमित हुनेको संख्या पुनः बढ्दै गैइरहेको देखाउछ।
मलेसियामा नियन्त्रण नजिक पुगेको कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्यामा पुनः वृद्धि भएपछि सरकारले संक्रमण बढीरहेको ठाउँ, एरियामा आवागमन नियन्त्रण आदेश , लकडाउन कडाइका साथ जारी गरेको छ।





















