श्रीमानको साउदीमा कोरोनाले मृत्यु,नेपालमा ऋणले श्रीमती र बच्चाको बिच्चली,सहयोगको याचना।

[ आरएन चौधरी थारु ]


क्वालालम्पुर ( मलेसिया ):= बिगत कैयौं बर्षदेखी रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत नेपाली महिला सरिता चौधरीले एक पीडित परिवारलाई आर्थिक रकम सहयोग गरेकी छिन्।

प्रवासी थारु सेवा समाज मलेसियाको महिला उपाध्यक्ष समेत रहेकी सरिता चौधरी मलेसियामा रोजगारी संगसंगै समाजसेवाको क्षेत्रमा सक्रिय रहेकी छिन।
नेपालको दाङ् जिल्ला तुलसीपुर . १३ ढकना निवासी सीता चौधरीलाई सहयोग स्वरुप नेपाली रु . १० हजार ७७२ रुपैयाँ सहयोग गरेको नेपालबाट यसै सहयोग अभियानमा लागीपरेका समाजिक ब्यक्तित्व तथा सञ्चारकर्मी थमन चौधरीले बताउनुभयो।

[तस्बिरमा सरिता चौधरीले मलेसियाबाट नेपालमा पठाएको सहयोग रकम बुझ्दै सीता चौधरी ,साथमा अभियान्ता थमन चौधरी ]

घरको आर्थिक अवस्था एकदमै नाजुक रहेको र घरमा दुई छोरी मात्रै रहेको सिताको श्रीमान राज कुमार चौधरी परिवारको पालनपोषण गर्न र छोरीहरुलाई पढाउन लेखाउन सहयोग पुगोस् भन्ने सोचको साथ आजभन्दा २ बर्ष अगाडि वैदेशिक रोजगारीको निम्ति साउदी अरब काम गर्न गएका थिए। गाउँबाट साहु संग जसोतसो ऋण काढेर साउदी गएका राजकुमारले भनेजस्तो काम पनि पाएन र तलव पनि पाएन , रोजगारदाता कम्पनी नराम्रो परेपछि काम गर्न नपाएर लिइएको ऋण समेत तिर्न सकेनन् राजकुमारले।

ऋणको भारी टाउकोमाथी रहेकैबेला अच्चानक कोरोना भाइरसको संक्रमणले राजकुमारको साउदीमै मृत्यु भएको खबर निजको श्रीमति सीता चौधरीले भावुक हुँदै मलाया खबरलाई सुनाइन्। अल्पआयुमै घरमुलि श्रीमानको मृत्यु भएपछि पारिवारिक खर्च धान्न समेत धौँ धौँ परिरहेको कुरा सुनाउदै सहयोगको याचना गरेकी छिन सिताले।

यदि कोहि मनकारी ब्यक्ति सीता चौधरी र उनका दुई छोरी बच्चाहरुलाई जीवन जिउनको लागी सहयोग गर्न चाहनुहुन्छ भने , यस् अभियानका अभियान्ता थमन चौधरीको नेपालको मोबाईल नम्बर +977982-8950013 मा टेलीफोन मार्फत सम्पर्क गरेर बुझ्न र सक्दो सहयोग गर्न सक्नुहुनेछ।

[ तस्बिरमा कोरोनाको कारण साउदीमा मृत्यु भएका सीता चौधरीको श्रीमान राज कुमार चौधरी ]