धन कमाउने सपना बोकेर मलेसिया आएका छविलाल जब बाकसमा फर्किए !

[ आरएन चौधरी थारु ]


क्वालालम्पुर (मलेसिया):= रोजगारीको सिलसिलामा बिगत २ बर्षदेखी मलेसियामा पोर्ट केलाङ भन्ने ठाउँमा अवस्थित फर्निचर कम्पनी ई,टि,एच होल्डिङ्स ( ETH HOLDINGS SDN BHD ) मा कार्यरत नेपाल ठेगाना जन्म स्थान स्याङ्जा जिल्ला , पिडिखोला, पछिल्लो समय स्थायी बासस्थान नवलपरासी जिल्ला , सुनवल.१ घर भएका ४६ बर्षिय श्रमिक छविलाल चापागाईंको केहि महिना अगाडि दुर्घटनामा मृत्यु भएको थियो।

कम्पनी भित्र कार्यक्षेत्रमै शरिरमाथी अच्चानक काठ झरेर च्यपिएर फोर्क लिफ्ट दुर्घटनामा परि छविलालको मृत्यु भएको खबर मलाया खबरले प्राकशन गरेको थियो।
यहीँ सेप्टेम्बर २८ तारिख सोमबारको दिन मृतक छविलालको मृत शरीर अन्तिम दाह संस्कारको लागी नेपाल पठाई काज किरिया गरिसकेको जानकारी प्राप्त भएको छ।

दुर्घटना भएकै दिनमा मलेसियन प्रहरी आएर आवश्यक अनुसन्धान गरि पोस्टमार्टमको लागी मृतकको शवलाई केलाङ अस्पतालमा लगिएको थियो , पोस्टमार्टम सकिएपछि लामो समयको रस्साकसी पश्चात् सम्पुर्ण आवश्यक कानुनी कागजी प्रक्रिया पूरा गराई मलेसिया स्थित नेपाली दूतावास, नेपाल स्थित वैदेशिक रोजगार बिभाग लगायतको सहयोगमा कोरोना माहामारीको बिचमा पनि मृतकको शव नेपाल घरमा पठाउन र परिवारलाई बुझाउन सफल भए पश्चात् हिन्दु धर्म अनुसार अन्तिम दाह संस्कार पनि गरिसकेको सोही कम्पनीमा कार्यरत रमेश भुर्तेलले बताए।

रमेश भुर्तेलले जानकारी दिए अनुसार मृतकको परिवारलाई सहयोग स्वरुप रोजगारदाता कम्पनीले मलेसियन रिंगेट आरएम ३० हजार , नेपाली रुपैयाँ करिब ८ लाख दिने भएको छ। जसमध्ये आरएम १२ हजार रिंगेट , नेपाली रुपैयाँ ३ लाख ३४ हजार ५२१ रुपैयाँ निजको श्रीमति पास कुमारी चापागाईंको नाममा आइएमई मार्फत पठाईसकेको जनाए। बाकी रहेको रकम १८ हजार रिंगेट चाहिँ आगामी जुन २० तारिखसम्म महिनैपिच्छे २ हजारको दरले पठाएर भुक्तानी गर्ने कम्पनी स्रोतले बताए।

त्यस्तै सोही कम्पनीमै कार्यरत स्थानीय लगायत नेपाली कामदारहरुको सहयोगमा संकलन गरिएको रकम आरएम ३ हजार ५५० रिंगेट नेपाली रुपैयाँ रु .९९ हजार आर्थिक सहयोग , यस्तै कम्पनी भित्रको माथिल्लो पोस्टमा कार्यरत स्थानीय मलेसियन तथा चाइनिज स्टाफहरुले संकलन गरेको १ हजार ४३० रिंगेट नेपाली रु . ३९ हजार ६१८ रुपैयाँ र मृतकको नातामा भतिजो पर्ने मलेसियाको जोहोरमा कार्यरत नेपाली बलराम चापागाईंले नेपाली रु . १२ हजार ६४५ रुपैयाँ गरेर अहिलेसम्म जम्मा नेपाली रुपैयाँ रु . ४लाख ८५ हजार ८०० रकम आर्थिक सहयोग निजको श्रीमति पास कुमारी चापागाईंकै नाममा आइएमई मार्फत पठाइ सकिएको रमेश भुर्तेलले बताए।