आज मन्त्रिपरिषदको बैठक डाकियो

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

मन्त्रिपरिषदको नियमित बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गर्दछ । तर प्रधानमन्त्री ओलीले आइतबार नै बैठक बोलाउनु भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नीतिगत छलफल गरेसँगै आकस्मिक रुपमा बोलाइएको बैठकलाई चासोको रुपमा हेरिएको छ। तर नेताहरुबीच कसलाई राख्ने र कसलाई हटाउने भन्नेमा अझै सहमति जुटिसकेको छैन।