प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री मोदीलाई दिए जन्म दिनको उपलक्ष्यमा शुभकामना।

काठमाडौं := नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई उसको जन्म दिनको उपलक्ष्यमा शुभकामना दिएका छन्।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री अ‍ोलीले आफ्नो ट्वीटर एकाउन्टमार्फत प्रधानमन्त्री मोदीको जन्म दिनको शुभकामना दिँदै स्वास्थ्य र खुशीको लागि कामना पनि गरेका छन्।

प्रधानमन्त्री ओलीले सो अवसरमा दुवै देशको बीचमा रहेको सम्बन्धलाई अझ बलियो बनाउन मिलेर काम गर्ने कार्यलाई जारी राख्ने पनि उल्लेख गरेका छन् । प्रधानमन्त्री मोदी आज ७० वर्षमा प्रवेश गरेका छन्।

[ प्रधानमन्त्री ओलीले आफ्नो ट्विटर मार्फत व्यक्त गरेको शुभकामना ]