आज असोज १ गते विहिबार विश्वकर्मा पुजा, हेर्नुहोस् आजको राशिफल।

आज वि.सं.२०७७ साल असोज ०१ गते बिहीबार । सन् २०२० सेप्टेम्बर १७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । आश्विन कृष्णपक्ष । औंशी तिथि । चन्द्रमा सिंह राशिमा। आज विश्वकर्मा बाबाको पुजा आराधना गर्ने दिन । काठमाडौंमा सूर्योदय बिहान ०५ः५० र सूर्यास्त बेलुकी ६ः४ मिनेटमा हुने।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)बाेलीको प्रभावले पहिचान बढ्नेछ । परिवारजन भेटघाट हुनेछ । धनको लेनदेन कारोबार बढ्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मानसिक कमजोरी हुनेछ । विपक्षीले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)यात्रामा धन खर्च हुनेछ । अनावश्यक काममा समय बित्नेछ्न , सर सम्मानको नोक्सानी हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)व्यवसायमा खुशी थपिनेछ । व्यापारमा धनको विवाद हुनेछ । इष्टमित्रको साथ मिल्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) ठूलाबडाकाे साथ मिल्नेछ । पदीय काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाईदा पाइनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)विदेशबाट फाइदा हुनेछ । धार्मिक कार्यमा समय जानेछ । सामाजिक योगदान रहनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) छोटो यात्राको तय हुनेछ । शरीरमा बिसञ्चो देखिनेछ । काममा अनावस्यक लफडा हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पराक्रम बढ्नेछ । लगानीमा सास्ती हुनेछ । साझेदारी काममा फाइदा आउनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  सानो कुरामा विवाद बढ्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कारोबारमा नयाँ योजना बन्नेछ । आम्दानी वृद्धि हुनेछ । सन्तानको सहयोग रहनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)परिवारमा भनाभन हुनेछ । पैतृक झमेला आउनेछ । मित्रतामा बाधा पर्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)दाजुभाइको प्रगति हुनेछ । । बास स्थान परिवर्तन हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ ।