नेपाली राजदुत पाण्डे र मलेसियाली मानवअधिकार आयोगका आयुक्तहरु बीच भेटवार्ता,छलफल।

क्वालालम्पुर ( मलेसिया ):= मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे लगायतको दुतावास अधिकारी र मलेसियाका मानवअधिकार आयोगका आयुक्तहरु “दातो मह् वेङ्ग क्वाइ् र जेरल्ड् जोसेफ् लगायतको टोली बीच मलेसियामा भेटवार्ता भएको छ।

मंगलबारको दिन क्वालालम्पुर स्थित नेपाली राजदुतावासको कार्यालयमा भेटवार्ता भएको दूतावास स्रोतले बताएको छ।
भेटवार्तामा मलेसियाका थुना ( जेल ) मा रहेका विभिन्न आरोपित नेपाली श्रमिकहरु, मलेसियामा कार्यरत रहेका सम्पूर्ण नेपाली नागरिकहरुको मानवअधिकार मुद्दा सम्बन्धी विभिन्न विषयहरुमा वृहत छलफल भएको बताएको छ।

भेटवार्ताको क्रममा मलेसियाको मानवअधिकार आयोगका आयुक्तहरुले नेपाली राजदुतावास मलेसियालाई मानवअधिकार आयोगको पछिल्लो पटक तयार गरेको वार्षिक प्रतिवेदन समेत हस्तान्तरण गरेको थियो ।

मलेसियामा अहिले पनि विभिन्न कारणले जेलजीवन विताईरहेका नेपालीहरुमा सबैभन्दा बढि अबैधानिक हैसियत (प्रमाणपत्र नभएका) मा रहेका नेपालीहरु रहेका छन् । विभिन्न कारणले भिषा सकिएका र सम्बन्धित कम्पनीबाट पासपोर्ट लगायतका कागजात छोडेर भागेर अन्यत्र काम गर्ने नेपालीहरु पक्राउ पर्ने गरेको बताएको छ।