जनता समाजवादी पार्टी मलेसिया शाखाको अधिवेशन सम्पन्न/अध्यक्षमा नर बहादुर,मुख्य सचिवमा आरएन।

क्वालालम्पुर(मलेसिया):= जनता समाजवादी पार्टी नेपालको प्रवास ( विदेश ) शाखा “नेपाली समाज मलेसिया” को अध्यक्षमा नर बहादुर पुन मगर र मुख्य सचिवमा घनश्याम चौधरी (आरएन चौधरी थारु ) चयन भएका छन्।

पुन मगरको अध्यक्षतामा ३१ सदस्य केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको निर्वाचन समितिले घोषणा गरको हो। आज सेप्टेम्बर १३ तारिख , आइतबारको दिन भर्चुअल रुपमा भएको अधिवेशनमा यसअघि विभिन्न उम्मेदवारहरुले विभिन्न पदमा आ-आफ्नो उम्मेदवारी दिएका थिए।

उक्त उम्मेदवारीमा दावि बिरोधको लागि समय दिएको र दिइएको समयावधिभित्र कुनै पनि पदमा कसैको दावि बिरोध नपरेकोले उम्मेदवारहरुलाई स्वतः निर्वाचित मनोनित भएको निर्वाचन समितिले जनाएको छ। भर्चुअल अधिवेशनलाई केन्द्रीय नेताहरु जीएस गुरुङ र धन गुरुङले विशेष सम्बोधन गरेका थिए।

उक्त अधिवेशनबाट अध्यक्षमा नर बहादुर पुन मगर, उपाध्यक्षहरुमा भोजराज न्यौपाने ( बारुद ), गंगा चाम्लिङ राई, राम बहादुर तामाङ, मिसन खडका, होमेश्वर ठाकुर गरि ५ जना रहेको छ् भने , मुख्य-सचिवमा घनश्याम चौधरी (आरएन चौधरी थारू) रहेका छ्न।

त्यसैगरी सचिबमा केवल कुलुङ, कृष्ण गुप्ता र बर्षात सिंह क्षेत्री, कोषाध्यक्षमा भुबन गौतम रहेका छ्न । त्यस्तै सदस्यहरुमा क्रमशः ईश्वर कुमार राई , हरि बहादुर गिरी, मनुराम राना मगर , मुक्ति थापा, लक्ष्मण थापा, गणेश लिंदेन, सरोज उपरकोटि, बिनोद नेपाली, लाजाई चौधरी, मोहन बहादुर नेपाली, राहुल बसाल, उमेश अधिकारी, रामकृष्ण अधिकारी, स्याम प्रसाद दुलाल, भक्तबहादुर क्षेत्रि, नविन पोखरेल, राजु घिमिरे, महेश अधिकारी, राजु मगर, कमल देबकोटा रहेका छन् ।

उक्त अधिवेशनमा निर्वाचन समिति संयोजक – भानुभक्त देवकोटा र सदस्यहरु गणेश राउत र बिपीन राईले सहजिकरण गरेको समाजले उल्लेख गरेको छ ।                                                                           
मलेसियामा सबैजसो नेपाली राजनीतिक पार्टीका सहयोगी संगठनहरु रहेका छन्। तर ती सब मध्य मलेसियाको नेपाली राजनीतिक संगठनको इतिहासमा पहिलोपटक आदिवासी जनजाती समुदायका पुन मगरले नेतृत्व सम्हालेको र बाकी विभिन्न जातजाति समुदायको उम्मेदवारहरु पनि समावेशी ढंगबाट सर्वसम्मत निर्वाचित भएको एतिहासिक अधिबेशन सफलता पुर्वक सम्पन्न भएको निर्वाचित मध्यको एक सदस्यले बताए।