मलेसियामा कोरोना प्रकोप : १२८ जनाको मृत्यु,संङ्क्रमितको संख्यामा पुनः वृद्धि।

क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा कोरोना भाइरसको संक्रमणको कारण अहिलेसम्म जम्मा १२८ जनाको मृत्यु भएको छ , भने जम्मा ९ हजार ८ सय ६८ जना संक्रमित भएका छ्न।

आज शनिबार नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ५८ जना रहेकाे छ । संक्रमित मध्य ९ हजार १८९ जनाले स्वास्थ्य लाभ लिई निको भैइसकेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ्। । हालसम्म ५५१ जनामा कोरोना संक्रमण सक्रिय रहेको छ। यो संख्यालाई हेर्दाखेरि पछिल्लो समयमा मलेसियामा कोरोनाबाट संक्रमित हुनेको संख्या पुनः बढ्दै गैइरहेको देखाउछ।

हिजो शुक्रबार पनि मलेसियामा १ सय ८२ जनामा संक्रमण पुष्टि भएको थियो भने निको हुनेको सङ्ख्या एकदमै न्युन रहेको थियो। मलेसियामा पछिल्लोपटक साबाह र केडाह राज्यमा सबैभन्दा धेरै बिरामी फेला परेको बताएको छ । उक्त राज्यमा नेपाली श्रमिकहरु भने कम मात्रामा रहेका छन् ।

नियन्त्रण नजिक पुगेको कोरोना भाइरसको संक्रमितको संख्यामा पुनः वृद्धि भएपछि सरकारले संक्रमण बढीरहेको ठाउँ, एरियामा आवागमन नियन्त्रण आदेश , लकडाउन जारी गरेको छ।