सुशान्त सिंह राजपुतको केशमा रिया पक्राउ परेसँगै बलिउडमा बज्यो खतराको घण्टी !

एजेन्सी := बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले पक्राउ गरेको छ।

अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा जोडिएकी चक्रवर्तीलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो समय चक्रवर्ती विरु द्ध सुशान्तलाई ला गु औ षध दिने गरेको आरोप लागेको छ।

उनी आफैले पनि ड्रग्स सेवन गर्ने गरेको कुरा स्वीकारेकी छिन् । उनलाई पक्राउ गरेपछि बलिउडकी कन्ट्रोभर्सी क्वीन कंगना रनोटले खुशी व्यक्त्त गरेकी छिन् । विवादमा रहेकी कंगनाले बलिउडका धेरै कलाकारहरु ड्र ग्स केसमा सामेल भएका र उनीहरुको व्लड टेष्ट गर्न मुम्बइ पुलिस सँग आग्रह गरेको थिइन्।

कंगनाले नामै तोकेर बलिउडकर्मीको बारेमा बताएको थिइन्। उनले दिपिका पादुकोण, रणवीर सिंह, रणवीर कपुरलगायतको नाम सार्वजनिक गरेको थिइन्।

को को छन् कुलतमा ?

बलिउडका चर्चित कलाकारहरुको नाम यस्मा जोडिने गर्छ । सञ्जय दत्तको बारेमा त धेरैलाई थाहा छ तर उनी बाहेक बलिउडका कयौं कलाकार कु लतमा फसेको बताइन्छ । केही वर्ष अगाडी करण जोहरको घरमा भएको पार्टीमा करिना कपुर, अर्जुन कपुर, दिपिका पादुकोण, रणवीर कपुर, मल्लिका अरोरा लगायतको भिडियो सार्वजनिक भएको थियो। अब सुशान्त प्रकरणले ड्र ग्स तिर मोडेपछि बलिउडका अधिंकाश कलाकार फस्ने देखिएको छ।