रिया चक्रवर्ती पक्राउ

मुम्बई । बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले पक्राउ गरेको छ । 

आत्महत्या गरेका अभिनेता सुशान्त सिंह राजपुतकी प्रेमीका रियामाथि सुशान्तलाई आत्महत्याका निम्ति दुरुत्साहन गरेको लगायत थुप्रै आरोप लाग्दै आएको छ । यो प्रकरण ड्रग्ससँग जोडिएपछि एनसीबीले हात हालेको हो । एनसीबीले रियालाई धेरै दिनदेखि सोधपुछ गर्दै आएको थियो । पक्राउपछि उनको मेडिकल टेष्ट र कोरोना टेष्ट गरिनेछ ।

रिया आज बयानका लागि एनसीबीमा पुग्नु भएको थियो । उहाँ पुगेको केही घण्टापछि उहाँको गाडी फिर्ता गरिएको थियो । रियासँग ३ घण्टा सोधपुछ गरेपछि एनसीबीले उनलाई नियन्त्रणमा लिएको हो । पहिलो दिन उहाँलाई ६ घण्टासम्म सोधपुछ गरेको थियो भने दोस्रो दिन ८ घण्टा सोधपुछ गरिएको थियो । 

यसअघि ड्रग्स खरिद गरेको आरोपमा रियाका भाई शोविक चक्रवर्तीलाई पनि पक्राउ गरिएको थियो । रियाले आफूले सुशान्तका लागि यी सबै काम गरेको बयान दिएको भारतीय मिडियामा उल्लेख छ ।

यसैबीच, नायिका चक्रवर्तीको उजुरीपछि बान्दा प्रहरीले सोमबार सुशान्तकी बहिनी प्रियंका सिंह र दिल्लीमा अवस्थित मनोहर लोहिया अस्पतालका डाक्टर तरुण कुमारको विरुद्धमा एफआइआर दर्ता गरेको छ ।