रुचाइएका फिल्मी सम्पादक खड्का

काठमाडौं । रामेछापको विकट मानिने खाँडादेवी–३, भीरपानीमा जन्मिएका दीर्घ खड्का निकै कडा मिहिनेतको जंघार तरेर कला क्षेत्रमा स्थापित हुनुहुन्छ । खासगरी उहाँ कला क्षेत्रलाई गजब्बको बनाउने प्राविधिज्ञ अर्थात् फिल्म सम्पादक हुनुहुन्छ । नेपालमा औंलामा गनिने सम्पादक मध्येका अब्बल सम्पादक हुनुहुन्छ । कला क्षेत्रमा उहाँले प्रयोग गर्ने सीपले त्यसलाई उन्नत र जीवन्त बनाउन महŒवपूर्ण भूमिका खेल्छ । 

सन् २०१२ मा चलचित्र ‘चपली हाइट’बाट नेपाली फिल्मी क्षेत्रमा प्रवेश गर्नु भएका दीर्घले यसबीच अनगिन्ती फिल्महरूमा काम गरिसक्नु भएको छ । फिल्म क्षेत्रमा आउनुअघि सन् २०१२ अघि च्यानल नेपाल, नेपाल वानलगायत चल्तीका टेलिभिजनहरूमा प्रोग्राम एडिटरको भूमिकामा कार्यरत हुनुहुन्थ्यो । सन् २०१२मा उहाँ फिल्म सम्पादक भएर रंगमञ्चमा प्रवेश गर्नुभयो, त्यसपछि आफ्नो क्षमताको प्रचुर उपयोग गर्न पाउनुभयो ।

खड्काले चलचित्रप्रति अथाह लगाव, त्याग र तपस्या गर्नुभएको छ । उहाँ अहिलेका चर्चित एवं अत्यन्तै रुचाइएका, महँगा फिल्म सम्पादकको रूपमा चिनिनु हुन्छ । नेपाली चलचित्र उद्योगमा पछिल्ला वर्ष हिट भएका धेरैजसो फिल्मको सम्पादन उहाँले नै गर्नुभएको छ । 

रंगमञ्चमा लागेको १५ वर्षमा दर्जनौं फिल्म, टेलिफिल्म, म्युजिक भिडियो, वृत्तचित्र, सर्ट फिल्मलगायतमा सम्पादकको रूपमा भूमिका उहाँले निभाउनु भएको छ । बिएसम्म औपचारिक अध्ययन गर्नु भएका उहाँ बाल्यकालदेखि नै फिल्मप्रति लगाब राख्नु हुन्यो । उहाँ भन्नुहुन्छ, ‘फिल्म क्षेत्रमा लाग्ने इच्छा, चाहना एकदमै थियो तर सम्पादन पेशामै लाग्छु भन्ने थिएन । समयक्रमसँगै पेशाप्रति चाख लाग्दै गयो ।’ 

खड्का यस क्षेत्रमा प्रवेश गर्नुअघि सिगेट मल्टी मिडियाबाट बेसिक कम्युुटरलगायत मल्टी मिडियासम्बन्धी विविध कम्युुटर कोर्ष सिक्नु भएको थियो । आफ्नै दृढ इच्छा, मिहिनेत र स्वअध्ययनले अघि बढेको उहाँ बताउनु हुन्छ । ३०–३५ वटाभन्दा बढी फिल्महरूमा सम्पादनको कंैची चलाइसक्नु भएका खड्काले सम्पादन गरेको चलचित्र ‘चपली हाइट–१’ दर्शकमाझ रुचाइएको चलचित्र हो । जुन चलचित्र अहिलेका चर्चित निर्देशक दीपेन्द्र के खनालले निर्देशन गर्नु भएको हो । सोही चलचित्रपश्चात् नेपाली सिने जगतमा आमूल परिवर्तनहरू भएको पाइन्छ । 

नेपाली सिने क्षेत्र प्रविधिहरूमा फड्को मारेको पाइएको छ । त्यतिबेला दीर्घ खड्कालगायत साथीहरूको समूहले पुराना चलनचल्तीका प्रविधिभन्दा नयाँनयाँ प्रविधिबाट नेपाली सिने क्षेत्रको स्तर सुधारिएको हो । उहाँ नेपालमा बनेको पहिलो थ्रिडी फिल्मको सम्पादक हो । त्यसपछि चलचित्र यात्रा निरन्तर अघि बढेको उहाँ बताउनु हुन्छ । 

सुप्परहिट फिल्महरू चपली हाइट–१, छड्के, भिजलान्ते थ्रिडी, झोले, नाइँ नभन्नु ल–२, पशुपतिप्रसाद, धनपती, होष्टल रिर्टन, ऐश्वर्या, स्टुपिड मन, मिसन पैसा, लभ लभ लभ, जंगबहादुरको कोट, सायद–२, पञ्चेबाजा, क्याप्टेन, चङ्गा चैट, चपली हाइट–२, ए मेरो हजुर–३, लब डायरिज, आमालगायत उनैले सम्पादन गरेका हुन् । 

उत्कृष्ट काम गरेबापत उनले चपली हाइट–१बाट डि सिने अवार्ड, पुशपतिप्रसादबाट चलचित्र कलाकार अवार्ड, चपली हाइट–२ बाट एनएफडिसी अवार्डलगायत थुपै्र राष्ट्रिय अर्वाड तथा सम्मानहरूबाट सम्मानित भइसकेका छन् । अहिलेको कोरोनाको महामारीमा पनि उहाँ होम क्वारेन्टिनमार्फत विभिन्न सर्ट फिल्म, परदेशी–२ र ए मेरो हजुरको सम्पादनमा व्यस्त हुनुहुन्छ ।

धेरै निर्माता, निर्देशक तथा कलाकारहरू सबैको पहिलो रोजाइको फिल्म सम्पादक हुनु सफल भएकोमा उहाँ आपूmलाई भग्यमानी ठान्नुहुन्छ । सुरुवाती दिनदेखि आजका दिनसम्म पनि निर्देशक दीपेन्द्र के खनालसँगको सहकार्य निरन्तर भएको उहाँ बताउनु हुन्छ । एउटा फिल्म सम्पादन गरेबापत आर्थिक रूपमा पेशाले सन्तुष्ट दिएको उहाँ बताउनु हुन्छ । भोलिका दिनमा चलचित्र क्षेत्रलाई नै निरन्तरता दिएर निर्माण तथा निर्देशनमा अघि बढ्ने चाहना उहाँको छ ।