काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय भएको छ ।

 गृह मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले नयाँ आदेश जारी गर्नुभएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले परिस्थितिको मूल्यांकन गरेर निषेधाज्ञालाई खुकुलो बनाइएको बताउनु भयो । 

भदौ २४ गते राति मध्यान्हसम्म लगाइएको निषेधाज्ञामा केही परिवर्तन गर्दै सवारी साधनहरुमा जोरविजोर प्रणाली लागू गरिएको छ ।

निजी सवारी र सार्वजनिकतर्फ १६ सिटभन्दा माथिकालाई जोरविजोर अनुसार सवारी साधन चलाउन पाउने निर्णय भएको हो ।

सामाजिक दुरी कायम गर्दै सेवा सञ्चालन गर्न दिइने छ ।

 त्यस्तै पसलहरूको हकमा फरक प्रकृितका पसलहरूलाई फरक दिनमा सञ्चालन गर्न पाउने व्यबस्था मिलाइएको छ ।

मंगलबार काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय,उद्योग वाणिज्य संघ, सरकारी चिकित्सक सम्मिलित भर्चुअल बैठक तथा उपत्यका मेयर फोरमको आग्रह अनुसार उपत्यकामा जारी करिब तीनहप्ते लामो निषेधाज्ञामा केही खुकुलो पारिएको हो ।