दैनिक दर्जनौं पटक विद्युत् कटौती हुँदा उपभोक्ता हैरान

उदयपुर । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विभिन्न जिल्लामा निषेज्ञाधा तथा लकडाउन लगाइएको छ । अधिकांश नागरिकहरू घरभित्रै कैद बन्नुपरेकाले समय बिताउने माध्यम मोबाइल , कम्प्युटर टेलिभिजन तथा रेडियोजस्ता साधनहरू बनेका छन् । तर उदयपुरमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा सेवाग्राही दिक्दार बनेका छन् । त्यसमध्ये पनि पूर्वी भेग चौदण्डीगढी र बेलका नगरपालिकामा यो समस्या बढी देखिएको छ । दैनिक १५÷२० पटकसम्म विद्युत् अवरोध हुँदा नागरिक समस्यामा परेका हुन् । 

बिना जानकारी घन्टौँसम्म लाइन काटिँदा पनि सरोकारवाला निकायको ध्यान जान सकेको छैन । उदयपुरको पूर्वी भेग चौदण्डीगढी र बेलका नगरपालिकामा यो समस्या बढी देखिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गाईघाटले आफूहरूलाई सौतेलो व्यवहार गरेको स्थानीयको गुनासो छ । विद्युत् जाने आउने समस्याका विषयमा वितरण केन्द्रका प्रमुख रोशनकुमार सिंह लाई जानकारी गराउँदा ( हावाहुरी तथा बर्षाको कारण, ११ हजार र ३३ केभीमा गडबढी या माथिको सिस्टममै खराबी भएको जस्ता रेडिमेट जवाफ आउने गरेको छ ।

न्यूनतम १५ हजार ग्राहक हुँदा शाखा स्थापना हुने प्रावधान  छ । तर यी दुई नगरपालिकामा ३० हजारको हाराहारीमा ग्राहक संख्या रहे पनि शाखा स्थापना त परै जाओस् बेलटारमा रहेको प्रशाखामा समेत कार्यालय प्रमुखको जिम्मेवारी कसैलाई नदिइएको कर्मचारीको गुनासो छ ।

आफूहरूले दुईवटा नगरपालिका सेवा क्षेत्रभित्र पूर्वमा सप्तकोशी, उत्तर सुनकोशी, दक्षिण सप्तरीसम्म सेवा पु¥याउनुपर्ने भए पनि यातायातको सुविधा नभएको  उनीहरूको गुनासो छ । 

२०५१÷५२ मा विद्युतीकरण भएको चौदण्डीगढी नगरपालिकामा कतै नौ त कतै ११ मिटरका विद्युत् पोल रहेका छन् । डग, रेबिड र प्यान्थरजस्ता केबुलको प्रयोग हुनुपर्नेमा अहिलेसम्म ओथ्री केबुलकै कारण फल्ट हुने र विद्युत् अबरोध हुने समस्या रहेको ती कर्मचारीको भनाइ छ ।  विद्युत् नियमित आपूर्ति नहँुदा देशकै ठूलो आद्योेगिक प्रतिष्ठान उदयपुर सिमेन्ट उद्योग लि. मा परेको छ । यता साना मझौला कुटिर उद्योग र कुटानी पिसानी मिलमा त्यतिकै समस्या परेको स्थानीय जितमान राइले

बताउनुभयो । 

चौदण्डीगढीमा उत्पन्न विद्युत् समस्याको दीर्घकालीन समाधान खोज्न सदरमुकाम गाईघाटतर्फबाट लाइनिङका लागि पोल गाडिसकिएको र दशैँसम्ममा समस्या हल हुने नगर प्रमुख खगेन्द्र राईले बताउनुभयो ।