नियमित उडानको भाडा नघटाए विदेशी भूमिमा सरकार विरुद्ध आन्दोलन गर्छौ ।

काठमाडौं । मुुलुकको सबैभन्दा पुरानो र लोकप्रिय दल नेपाली कांग्रेसको सांगठानिक संरचना स्वदेशमा मात्र नभई विदेशमा समेत पुगेको छ । सम्वन्धित देशको कानूनको अधिनमा रहेर विभिन्न देशमा जनसम्पर्क समितिले सांगठानिक गतिविधि सशक्त बनाउनुका साथै जनहितकारी कार्य समेत गर्दै आएका छन ।

नेपाली कांग्रेस जनसम्पर्क समिति मलेसियाले उदाहरणीय कार्य गर्दै आएको छ । राजनीतिक संगठन भएपनि जनसम्पर्क समिति मलेसियाले आफूलाई विदेशी भूमिमा श्रम गर्ने नेपालीहरुको सच्चा अभिभावकको रुपमा प्रस्तुत गरेको छ ।

कोरोना भाइरसका कारण सिर्जित महामारीको मारमा परेर विरामी भएका, रोजगारी गुमाएका कामदारहरुलाई जनसम्पर्क सममितिले अभिभावकीय भूमिकामा रहेर सहयोग गर्दै आएको छ । कोरोना महामारी सुरुभए यता जनसम्पर्क समितिले अलपत्र परेका नेपालीहरुलाई काममा पुर्नस्थापना गर्न पहल गर्ने, त्यो संभव नभए घरफर्काउन कम्पनीसंग कुरा गर्ने, दूतावासमा पहल गर्नुका साथै सयौं अलपत्र नेपालीहरुको कोठा कोठामा पुगेर आफ्नै खर्चमा खाद्यन्नका साथै आर्थिक सहयोग समेत गर्दै आएको छ । मलेसियामा होटल, रेस्टुरेन्ट र टुरिजम क्षेत्रमा काम गर्ने नेपालीहरु कोभिड–१९ का कारण विचल्लीमा परेका छन । कोरोना कहरकै बीचमा १७ हजारभन्दा बढीले स्वदेस फर्कन दुतावासमा नाम टिपाएका छन ।

कोरोना महामारी पछि रोजगारी गुमाएर विचल्लीमा परेका संखुवासभका बलराम रायमाझीले नेपाली कांग्रेस जनसम्पर्क समिति मलेसियाबाट ठूलो सहयोग पाएको बताए । कम्पनीले काम मात्र होइन खान समेत नदिएर बिचल्ली बनाएका रायमाझीजस्ता सयौंलाई नेपाली कांग्रेस जनसम्पर्क समिति मलेसियाले ठूलो गुन लगाएको छ ।
बैदेशिक रोजगारीका शिलसिलमा मलेसिया पुगेका नेपालीहरुका मुद्दाहरुलाई नेपाली कांग्रेस जनसम्र्क समिति मेलेसियाले जोडदार रुपमा आवाज उठाउदै आएको समितिका अध्यक्ष चोलाकान्त पंगेनीले संकल्प खबरसंगको कुराकानीमा बताए । जेलमा रहेका नेपालीहरुलाई निःशुल्क स्वदेश फर्काउनु पर्छ भनेर आवाज नेपाली कांग्रेस जनसम्पर्क समिति मलेसियाले उठाएको उनले स्पष्ट पारे ।

अध्यक्ष पंगेनीले कोरोना महामारीको मौका छोपरे एयरलाइन्सहरुले बढाएको भाडा तत्काल घटाउन माग गरेका छन । नियमित उडानमा ट्राभल एजेन्सीले २ हजार रिङ्गेट भन्दा बढी मलेसियाबाट काठमाडौको भाडा राखेपछि जनसम्पर्क समितिले विरोध गरेको हो । विगतमा मलेसियादेखि काठमाडौंसम्मको भाडा ७ सयदेखि ९ सय रिङ्गेट थियो ।
नियमित उडान चार्टर उडानभन्दा भहंगो हुदा समेत सरकार चुप बस्नुमा कही रहस्य लुकेको उनको पंगेनीको भनाइ छ । जनसम्पर्क समितिले नेपाल सरकार, राजदूतावास र पार्टी कार्यालयमा समेत भाडादर घटाउन ध्यानाकर्षण गराएको अध्यक्ष पेंगेनीले बताए । रेमिट्यान्सबाट चलेको मुलुकमा सरकार बैदेशिक रोजगारीमा गएका नागरिकप्रति गैरजिम्मेवार बन्नु दुखद भएको बताए । नियमित उडानको भाडा दर नघटाइए विदेशी भूमिमा नेपाल सरका विरुद्ध आन्दोलन गर्न जनसम्पर्क समिति बाध्य हुने पंगेनीले चेतावनी दिए । श्रमिकसंग सरोकार राख्ने सम्पूर्ण संघ संस्थालाई आ–आफ्नो ठाउँबाट भाडाको विषयमा आवाज उठाउन उनको आग्रह छ ।

साभार sankalpakhabar.com