चिसो मान्छेमा अर्पण

काठमाडौं । अभिनेता अर्पण थापा आउँदो चलचित्र ‘चिसो मान्छे’को मुख्य भूमिकामा अनुबन्द हुनुभएको छ । यो चलचित्रका लागि हालसम्म अर्पण र स्वस्तिमा खड्का अनुबन्द हुनुभएको छ । निर्देशक दीपेन्द्र के खनालले निर्देशन गर्ने यो चलचित्रको कथा पनि दीपेन्द्रले नै लेख्नु भएको छ भने आफंैले खिच्ने तयारीमा हुनुहुन्छ । चलचित्रको प्रदर्शन मिति ०७८ भदौ ११ गतेका तोकिएको छ । 

सामाजिक विषय वस्तुमा आधारित हुने यो चलचित्रको अहिले पनि स्क्रिप्टको काम भइरहेको बताइएको छ । ‘चिसो मान्छे’ निर्माण घोषणा गर्दा उनले ‘लकडाउन’ पनि निर्माणको घोषणा गर्नुभएको छ । दुवै चलचित्रमा सर्मिला पाण्डेको लगानी रहनेछ ।