पर्यटन लयमा फर्किन पाँच वर्ष

काठमाडौं । कोरोनाका कारण क्षतिग्रस्त भएको पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन पाँच वर्ष लाग्ने बताइएको छ । कोरोना संक्रमण कहिलेसम्म रहने हो भन्ने एकिन नभएकाले पर्यटक आउने वातावरण नबनेसम्म पर्यटन क्षेत्रमा सुधार नआउने पर्यटनविद्ले बताएका छन् । 

नेपाल आर्थिक पत्रकार समाज(सेजन) द्वारा सोमबार आयोजित पर्यटनको संभावना विषयक भिडियो कन्फेन्समा बोल्दै नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले कोरोनाका कारण पर्यटक भिœयाउन सहज नभएकाले सरकार, निजी क्षेत्रलगायतका निकायले गरेका कामलाई उद्गम बजारसम्म जानकारी गराउनुपर्ने बताउनुभयो । 

कोरोनाका कारण अब पर्यटन क्षेत्रको प्रविृत्त परिवर्तन हुने भन्दै अब ठूलो संख्यामा पर्यटक आउने दशकको अन्त्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब मास टुरिजमको एरा गयो, अब पर्यटकका लागि त्यस्तो ठाउँको छनोट हुन्छ, जहाँ कुनै विषेक्ष इन्ट्रेस्टका आधारमा सेवा दिन सकिन्छ । त्यसो भयो भनेमात्रै पर्यटक भिœयाउन सकिनेछ ।’ त्यस्तै उहाँले पर्यटन क्षेत्रमा केही नयाँ आविष्कार गर्न सके पर्यटक भिœयाउन सकिने बताउनुभएको छ । । कोरोनाका कारण पर्यटन क्षेत्रमा डर र अनिश्चितता बढेकाले डरलाई व्यवस्थापन गर्दै पर्यटन क्षेत्रलाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ छ । तर निरन्तरता दिन अनिश्चितताका कारण समस्या भएको पनि श्रेष्ठले बताउनुभयो । नेपालको पर्यटन क्षेत्रले पर्यटकका लागि के–के दिन सक्छन् भन्ने निश्चित पनि गर्नुपर्ने उहाँले बताउनुभएको छ । 

पर्यटन क्षेत्रका लागि २०२० सबैभन्दा बढी नकारात्मक भएको भन्दै त्यसबाट माथि उठ्नुको विकल्प नभएको श्रेष्ठको भनाइ छ । भूकम्पका बेला पर्यटन क्षेत्रमा परेको असरलाई छोटो समयमा व्यवस्थापन गर्न सफल भएको तर यसपटकको समस्या केही फरक भएकोले पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन केही समय लाग्ने उहाँले बताउनुभएको छ । कोरोनाबाट बच्न गरेको प्रोटोकल तथा कामको प्रचारप्रसार र नेपालमा हालसम्म गर्न नसकेको प्याकेज कन्जरभेसन एरिया बन्द अवस्थामा रहेको भन्दै त्यस्तो क्षेत्रमा अहिलकति लचकता अपनाउनुपर्ने पनि उहाँले बताउनुभएको छ । ऐतिहासिक तथा नीतिगत व्यवस्था गर्नसके पर्यटक भित्र्याउन सकिने भन्दै त्यसका लागि पर्यटकको स्वास्थ्य सुरक्षा तथा बीमाका कुरालाई समेटेर प्याकेज ल्याउनेतर्फ लाग्नुपर्ने बताउनुभयो ।

कोरोनाले पर्यटन क्षेत्रमा मात्रै नभई, स्वास्थ्य, अर्थतन्त्र र सामाजिक क्षेत्रमा पनि समस्या निम्त्याउन थालेकोले सरकारले नीतिगत व्यवस्थापन गर्नुपर्ने उहाँको सुझाव छ । सरकारले २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकोमा त्यसैलाई लक्षित गर्दै सरकारी तथा निजी क्षेत्रबाट गरेको लगानी जोखिममा परेको पनि उहाँले बताउनुभयो । 

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पर्यटन क्षेत्रका लागि स्टिमुलस प्याकेज ल्याए पनि कार्यान्वयन नहँुदा प्रभावकारी नभएको भन्दै उहाँले फरक स्वार्थ भएका धेरै स्टेक होल्डर पर्यटन क्षेत्रमा भएका कारणले सबैको स्वार्थलाई समन्वय गर्न सके पर्यटक भित्र्याउन सकिने बताउनुभयो । 

पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्यले कोरोनाका कारण पर्यटन क्षेत्रमा हालसम्मकै ठूलो समस्या परेकोे यो क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउन चार–पाँच वर्ष लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘२०२४÷२५ भन्दायता पर्यटन क्षेत्रमा सुधार आउन सक्ने देखिन्न, पर्यटन क्षेत्रलाई जीवन्त राख्न सरकार र निजी दुवैको समन्वय आवश्यक पर्छ ।’ 

कोरोनाका कारण अर्थतन्त्रमै ठूलो समस्या भएकोले सरकारलाई राजस्व उठाउन समस्या भइरहेका बेला सरकारको मुखमात्रै ताक्नुभन्दा व्यवसायीले पनि आफ्नो क्षेत्रबाट प्रयास गर्नुपर्ने उहाँको भनाइ छ । त्यसका लागि कर्मचारीको तलब, बैंकको ऋण र घर भाडालगायतका खर्च कटौती गर्न पाउनुपर्ने उहाँले बताउनुभयो । पर्यटनको उत्थानका लागि बजेटमार्फत ल्याएको प्याकेजलाई कार्यान्वयनमा ल्याउनुपर्नमा जोड दिँदै त्यस्तो प्याकेज दिँदा पार्टीको झण्डा बोक्नेलाई दिने वातावरणको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।