क्वालालम्पुर ( मलेसिया ):= मलेसियाको सेलाङ्गर राज्यमा पानीको हाहाकार भएको छ। ट्याङ्की र पानीको पाइप लाइन,धारामा पानी आउन बन्द भएपछि पसल तथा सुपरमार्केटमा रहेको बोतलको पानी किनबेच गर्नेको बाक्लो भिड देख्न सकिन्छ।
शुक्रवारदेखी सेलाङ्गरको विभिन्न ठाउँहरुमा पानी बन्द भएको छ। ४ वटा पानी प्रशोधन केन्द्रहरुमा व्यापक प्रदुषण देखिएपछि सरसफाइको लागी प्रशोधन केन्द्र बन्द गरेकोले पानी ठाउँ ठाउँमा पुग्न नसकेको , बन्द भएको आयर सेलाङ्गरका मुख्य कार्यकारी अधिकृत सुहाइमी कामारालजामानले बताएका छ्न। यो खबर स्थानीय पत्रीका द-स्टारमा लेखिएको छ।
” सुङ्गाइ सेलाङ्गरको रान्ताउ पान्जाङ्गमा रहेको पानी प्रशोधन केन्द्रहरु फेस १ , फेस २ र फेस ३ लगायतकोमा पानी व्यापक प्रदुषण भएको , गन्ध आईरहेको पत्ता लागेपछि सरसफाइको लागी पानी सप्लाई बन्द गरिएको छ , सरसफाइ सकिए पनि अब बन्द भएको पानी पुनः सञ्चालनमा ल्याउन र आउन थप ४ दिन लाग्नेछन ,” अधिकृत सुहाइमीले भने ।
यस् अघि पनि सेलाङ्गरमा रहेको पानी प्रशोधन केन्द्रहरुमा प्रदुषण देखिएको बेला सरसफाइको लागी पानी ट्याङ्कहरु बन्द गर्दाखेरि बारम्बार पानी बन्द भएको थियो। बारम्बार पानी बन्द हुने कारणले सेलाङ्गरमा बसोबास गर्ने स्थानीय लगायत विदेशी नागरिकहरुलाई समेत सास्ती खेप्नु परिरहेको छ।




















