आज कतार र मलेसियाबाट गरि ४९० नेपाली स्वदेश फर्किए/मलेसियाबाट १६ जनाको शव पनि ल्याइयो।

काठमाडौं := त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आज शुक्रबार कतार र मलेसियाबाट गरि तीन उडानबाट ४९० जना नेपाली स्वदेश फर्किएका छ्न।

विमानस्थल कार्यलयका अनुसार बिहान नेपाल एयरलाइन्सको उडानबाट २६२ जना नेपाली फर्किएका थिए। त्यस्तै हिमालय एयरलाइन्सको उडानबाट १५६ जना नेपाली फर्किएका थिए।
मलेसियाबाटै आएको नेपाल एयरलाइन्सको उडानमा मृत १६ जना नेपालीको शव पनि ल्याइएको जनाएको छ। त्यस्तै साझतिर कतार एयरवेजको उडानबाट ७२ जना नेपाली कतारबाट फर्किएका छन्।

विमानस्थल कार्यालयको अनुसार, भोलि शनिबार नेपाली ल्याउन, लिन जान र नेपाली लिएर आएका जहाज फर्कन गरी ९ वटा अन्तर्राष्ट्रिय उडान हुँदैछ । भोलि सिल्क एअर सिङ्गापुरबाट नेपाली लिएर आउनेछ भने जजिरा एअर कुवेतबाट आउँदै छ ।

हिमालय एअरलाइन्सको दुई जहाज मलेसियाको क्वालालाम्पुर र कुनमिङ् जाने र नेपाल एअरलाइन्सको एउटा जहाज पनि नेपाली लिन भोलि मलेसियाको क्वालालाम्पुर जाने तालिका रहेको छ । भोलि नै नेपाल एअरलाइन्सले कुवेत गएर त्यहाँ समस्यामा रहेका नेपालीहरु लिएर आउँदैछ।