रुपन्देही । बुटवलमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत् रुपन्देहीको तिलोत्तमा जानकीनगरकी ७० वर्षीया महिलाको बिहीबार बिहान साढे १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
साउन २६ गते संक्रमण पुष्टि भएकी उनलाई साउन ३१ गते अस्पताल भर्ना गरिएको थियो।
यसअघि बुधबार राति कपिलबस्तु नगरपालिका १ का ५० बर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको थियो ।




















