सु.प.समाज कतारले आपतकालीन राहत कोषमा गरे रू.१ लाख १ हजार १५ रुपैयाँ आर्थिक सहयोग।

दोहा (कतार):= सुदुरपश्चिमेलि नेपाली समाजहरुको सयुक्त अभियान अर्थात सुदुरपश्चिमेलि आपतकालीन राहत कोषमा सुदुर पश्चिमेली नेपाली समाज कतारले नेपाली रू एक लाख एक हजार पन्ध्र रुपैयाँ आर्थिक सहयोग गरेको छ।

विश्वनै कोभिड-१९ रोग बाट त्रसित भएको अवस्थामा आफ्नो जीवनको यात्रालाई सहज बनाउन बैदेशिक रोजगारीको सिलसिलामा कतारको विभिन्न सहरमा कार्यरत सुदूरपश्चिमेली नेपालीहरुले मातृभूमी प्रतिको दायित्वलाई निरन्तरता दिदै सुदूरपश्चिमेली नेपाली समाज कतार मार्फत उक्त रकम सुदुरपश्चिमेलि आपतकालीन राहत कोषमाको खातामा जम्मा गराएको सुदूरपश्चिमेली नेपाली समाजका अध्यक्ष धन बहादुर बलायर बताए।

विश्वका विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली नेपालीहरुलाई आईपर्ने समस्याहरुको समाधानका साथै नेपालमा हुने प्राकृतिक दैविय प्रकोपबाट प्रभावित क्षेत्र स्वास्थ्य, शिक्षा, तथा खेलकुद लगायत विभिन्न परोपकारी कार्यको लागी विश्व भरिमा रहेका सुदूरपश्चिमेली नेपाली समाजहरुको संयुक्त पहलमा सुदूरपश्चिमेली आपतकालीन राहतकोष”को स्थापना गरिएको थियो।

सुदूरपश्चिमेली नेपाली समाज कतारका अध्यक्ष प्रेम चलाउनेको समन्वयमा कतार समाजका कार्यकारी समिति तथा सुदूरपश्चिमेली नेपालीहरुको सहयोगमा रकम जम्मा गराएको सुदुरपश्चिमेली नेपाली समाज कतारका कोषाध्यक्ष अनुप जोराले बताए।

बर्तमान यो परिस्थितीमा पनि आर्थिक सहयोग जम्मा गराएकोमा कतार समाज तथा सम्पुर्ण सहयोगी मनहरुलाई सुदुर पश्चिमेली नेपाली समाजले हार्दिक धन्यवाद ज्ञापन समेत गरेको प्रचार-प्रसार प्रमुख दिनेश खड्का’खप्तडी’ले जानकारी दिनुभयो।