कतारमा कार्यरत युवा उद्यमी तथा समाजसेवी झविन्द्र आचार्यको मृत्यु।

दाेहा:= गुल्मीको मालिका गाउँपालिका घर भई कतारमा व्यवसाय गर्दै आएका युवा उद्यमी तथा समाजसेवी झविन्द्र आचार्यको बिहीबार राति सडक दुर्घटनामा मृत्यु भएको छ। दुर्घटनामा परि गम्भीर घाइते भएका उनको उपचार कतारको हमाद हस्पिटलमा भैइरहेको थियो ।

उपचारकै क्रममा आचार्यको मृत्यु भएको अस्पताल स्रोतले बताए । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका सहकोषाध्यक्ष, गुल्मी सेवा समाज कतारका वरिष्ठ सल्लाहकार, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका सहकोषाध्यक्ष तथा लुम्बिनी प्रदेश समन्वय परिषद् कतारका उपाध्यक्ष समेत रहेका थिए।

४० वर्षीय आचार्यको शव सनैयास्थित हमाद हस्पिटलको मर्चरी सेन्टरमा राखिएको छ। आचार्यको मृत्युको शोकमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद “एनआरएनए” कतारले भावपूर्ण श्रद्धाञ्जली एवम् समवेदना अर्पण गरेको छ ।