सिन्धुलीमा मास्क नलगाउने ७९७ जना कारवाहीमा, ७२ हजार भन्दा बढी राजश्व संकलन

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित भगवती बोडिङ नजिक बस्ने शुशिला कार्की विहिवार विहान तरकारी लिन बजार निस्कनुभयो । तरकारी पसलमा सेवाग्राहीको भिड । बजार अनुगमनमा खटिएका दुई जना प्रहरी सिठ्ठी बजाउँदै तरकारी पसल भए तिर आए । उनीहरुले दुरी कायम गरेर तरकारी किन्नु भन्ने संकेत गरिरहेका थिए । तर तरकारी किन्न निस्कनुभएकी शुशिला प्रहरी देख्न साथ हतार गरेर रित्तो हात फर्कनुभयो । प्रहरीले घर वाहिर मास्क नलगाई हिडेको देखे एक सय रुपंैया जरिवाना गर्छ । दुई पटक  तिरिसकेको छु,‘उहाँले भन्नुभयो,‘मास्क लगाएर आउँछु तरकारी लिन ।’

मास्क नलगाई बजार निस्किदा प्रहरीले जरिवाना गर्छ भनेर तर्सिने शुशिला त एक प्रतिनिधि पात्र मात्र हुन् । आफ्नो सुरक्षाका लागी भन्दा पनि प्रहरीका आँखा छल्न मात्रै मास्क लगाउनेको भिड सिन्धुलीमा ठुलै छ । कोरोना भाइरसका संक्रमित बढेसंगै सिन्धुलीमा मास्क लगाउन अनिवार्य गरिएको  छ । मास्क नलगाई बजार हिँड्ने सर्वसाधारण कारवाहीमा पर्ने गरेका छन् । जिल्ला अन्तर्गत पर्ने विपि राजमार्गको चोकचोकमा, सिन्धुलीमाढी बजार, भिमान बजार, दुधौली बजार, खुर्कोट बजार लगायत फलफूल,तकारकारी र दुध पसलहरुमा सर्वसाधारणले मास्क लगाएको÷नलगाएको विशेष निगरानी हुने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख रन्जु सिग्देलले बताउनुभयो ।

पहिलो चरणमा १० हजार भन्दा बढी संख्यामा निशुल्क मास्क वितरण ग¥यौँ । घरबाट बाहिर निस्कदा अनिर्वाय मास्क लगाऔँ र कोरोना भाइरसको जोखिम न्युनिकरण गरयौँ भनेर विभिन्न सचेतनामुलक कार्यक्रम मार्फत मास्क लगाउन प्रेरित ग¥यौँ । उहाँले भन्नुभयो्,‘मास्क लगाउन अटेर गर्नेहरुलाई कारर्वाही गर्न थालेका छौँ ।’

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार साउन १३ गते देखि हालसम्म माक्स नलगाई बजारमा हिड्ने÷मास्क लगाउन अटेर गर्ने ७ सय ९७ जना कारवाहीमा परेका छन् । २४ दिनभित्रै यति ठुलो संख्यामा कारर्वाही गरिएको हो । जसबाट ७२ हजार ८६० रुपैँया राजस्व संकलन भएको छ । कोरोना संक्रमणको जोखिम कम गर्न अनिवार्य रुपमा मास्क लगाउनु भन्दै प्रमुख जिल्ला अधिकारी(सिडिओ)े योगेन्द्र प्रसाद पाण्डे,प्रहरी प्रमुख रन्जु सिग्देल आफै फिल्डमा जनचेतनाका लागि उत्त्रने गर्नुभएको छ । प्रहरीसंगै नियमित जस्तो तपाईको मास्क खोई ? लगाउने की ? जरिवाना तिर्ने ? भन्दै चेकजाँचमा कडाई गरिरहेका छन् । 

प्रहरी लगायत सरकारी,गैरसरकारी संघसंस्था र चिकित्सकहरुले पनि पटकपटक सबैलाई मास्कको प्रयोग गर्न सुझाव दिँदै कोरोना भाइरसको संक्रमणबाट जोगिन सचेत गराउँदै आइरहेका छन् । सही तरिकाले मास्कको प्रयोग गर्दा थुकका छिटाहरूबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा हुन सक्ने सङ्क्रमणको जोखिम कम हुने उनीहरुको भनाइ छ । घरबाहिर भिडभाडमा जाँदा आफू सङ्क्रमित हुन र अन्य व्यक्तिलाई संक्रमणको जोखिमबाट बचाउन मास्कले केही हदसम्म सहयोग पु¥याउने बताईएको छ । चिकित्सकहरुका अनुसार घरबाहिर भिडभाडमा जाँदा आफू सङ्क्रमित हुन र अन्य व्यक्तिलाई संक्रमणको जोखिमबाट बचाउन मास्कले केही हदसम्म सहयोग पु¥याउने काम गर्छ ।

समाजसेवी उज्वल बिक्रम थापा र पत्रकार डण्ड गुरुङले २६ हजार मास्क वितरण गरे यता जिल्लामा अन्य संघ संस्थाले पनि अभियानकै रूपमा मास्क लगाउन अभियान चलाएका छन् । जिल्ला प्रशासन कार्यालय र सिन्धुली अस्पतालले समेत निःशुल्क मास्क वितरण गरेका थिए । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले मात्रै ३ हजार बढी नागरिकलाई निशुल्क मास्क वितरण गरेको प्रशाासकिय अधिकृत एवं सुचना अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

सिन्धुली अस्पतालका अध्यक्ष प्रह्लाद पोखरेलसहित उद्योग बाणिज्य संघ सिन्धुलीका अध्यक्ष अम्रेश बैदार लगायतलेसदरमुकाम माढीबजारमा माक्स वितरणको अभियान नै चलाउनुभएको थियो ।