महेन्द्रनगर । कैलालीमा बिहिवार राति १२ बजेदेखि १४ गतेसम्मका लागि पुनःलकडाउन हुने भएको छ । बुधबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाभर लागू हुने गरी पुनःलकडाउन गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको बैठकले अत्यावश्यक सेवा वा वस्तुबाहेकका सबै प्रकारका उद्योग, व्यापार ब्यवसाय सञ्चालन नगर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकमा औषधि खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु तथा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने, अत्यावश्यक काममा घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग तथा भौतिक दूरी कायम गर्नुपर्ने लगायतका निर्णय पनि गरिएको छ ।




















