NRNA उपाध्यक्ष सुन्दरले जीवनरक्षाको माग सहितको स्टाटस हालेपछि मगरसंघको ध्यानाकर्षण।

क्वालालम्पुर ( मलेसिया ):= गैर आवाशिय नेपाली संघ (एनआरएनए) मलेसियाका उपाध्यक्ष सुन्दर आले मगरले एनआरएनए मलेसियाको केहि पदाधिकारिहरुबाटै आफ्नो ज्यानको असुरक्षा भएको भनेर आफ्नो फेसबुकमा स्टाटस लेखेकोमा नेपाल मगर संघ मलेसियाले एक विज्ञप्ति मार्फत नेपाल राजदुतावास मलेसिया लगायत क्रियाशिल संघ संस्थाहरुलाई ध्यानकार्षण गराएको छ।

सुन्दर आले मगरलाई सम्पर्क गर्दा सम्पर्क विहिन भएको र अहिलेसम्म सम्पर्कमा नआउनुमा कसैको नियोजित षडयन्त्र पनि हुन सक्ने , तत्काल उचित कदम नचाले अप्रिय घटना समेत हुन सक्ने भन्ने मगर संघले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

लगभग दुई दशकदेखी मलेसियालाई कर्मथलो बनाई ब्यवसाय संगै सामाजिक कार्यमा सक्रिय सहयोगी मनका धनी सुन्दर आले मगर नेपाल मगर संघ मलेसियाको संस्थापक महासचिव र पुर्व अध्यक्ष समेत हुन्।

हेर्नुहोस् नेपाल मगर संघ मलेसियाले जारी गरेको बिज्ञप्ति :

लगभग दुई दशक देखि मलेशियालाई कर्मथलो बनाई ब्याबसायि गरी बसी रहनुभएका नेपाल मगर संघ मलेसियाका संस्थापक महासचिव ,पुर्ब अध्यक्ष र बर्तमान वरिष्ठ सल्लाहकार साथै NRNA मलेसियाका पुर्व महासचिव हालका वरिष्ठ उपाध्यक्ष समाजसेवी श्री लाल बहादुर आले मगर ‘सुन्दर’ ज्युलाई NRNA मलेसिया कै केहि पदाधिकारीबाट आफ्नो ज्यानको असुरक्षा भएको भन्ने हिजोको फेसबुक स्टाटसले नेपाल मगर संघ मलेसियाको गम्भीर ध्यानाकर्षण भएको र तत्काल उहांलाई सम्पर्क गर्न खोज्दा हाल सम्म पनि सम्पर्क बिहिन हुनुभएको ले हामिलाई थप चिन्तित बनाएको छ । अहिलेको अवस्था आउनु मा कसैको नियोजित षडयन्त्र हुन सक्ने र तत्काल उचित कदम नचाले अप्रिय घटना हुन सक्ने हुदां उहाँको जिबन रक्षाको निम्ति यथासक्य छिटो उचित कदम चाल्न (नेपाली राजदुतावास मलेसिया ) त्यसैगरी मलेसियामा कृयासिल संघ संस्था लगायत बुद्धिजीवी / न्यायप्रेमी पत्रकार समक्ष नेपाल मगर संघ मलेशिया गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं।

बोधार्थ !

  1. नेपाल मगर संघ मलेशिया
  2. नेपाल मगर संघ क्षेत्रीय समिति पेनाङ
  3. नेपाल मगर संघ क्षेत्रीय समिति जोहोर
  4. नेपाल मगर संघ क्षेत्रीय इकाइ समिति देसा चेम्बलाङ्ग