काठमाडौं उपत्यकमा थप ११९ सहित मुलुक भर ५९४ जनामा कोरोना पुष्टि

काठमाडौं  । पछिल्लो २४ घण्टामा मुलूकभर ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित प्रेस व्रिफिङमा नेपालमा कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको जानकारी दिनु भयो ।

 पछिल्लो २४ घण्टामा ११ हजार ५७५ जनाको पीसीआर परीक्षण भएको छ। 

नेपालमा अहिले सात हजार ९१३ संक्रिय संक्रमित रहेका छन्। अहिले क्वारेन्टाइनमा १४ हजार ६३८ रहेका छन्। पछिल्लो २४ घण्टामा २४० डिस्चार्ज भएका छन्। योसँगै नेपालमा १७ हजार ७७ जनाले कोरोना जितेको छन् ।

शुक्रबार मात्र काठमाडौं उपत्यकामा ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आजसम्म १७ हजार ७७ जना डिस्चार्ज भएका छन । आज आइसोलेसनमा ७ सय ९ सय १३ जना संक्रमित उपचाररत रहेका छन । क्वारेन्टिनमा १४ हजार ६ सय ३८ जना रहेका छन । 

नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।