बारा । बैंक तथा वितिय संस्थाहरु बन्द भएपछि क्यास कारोवार गर्न समस्या भएको जनाउँदै पेट्रोलियम व्यवसायीले पेट्रोल पम्पहरु बन्द गर्ने चेतावनी दिएका छन् ।
पर्सा र बाराका पेट्रोलियम डिलर्स एसोसिएसनले बिहिबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै साउन ३२ गते सम्ममा बैंक तथा वितिय संस्था नखोलिए आईतवार देखी पेट्रोल पम्पहरु बन्द गर्ने चेतावनी दिएका हुन् ।
बैंक र वित्तीय संस्थाहरु मार्फत क्यास कारोबार बन्द हु“दा आफुहरुलाई समस्यामा परेको गुनासो पेट्रोलियम व्यवसायीले गरेका छन् ।
नियमित रुपमा संचालन गरिदै आएको पेट्रोल पम्पहरुमा ईन्धन ल्याउन नसकिने जिकिर उनीहरुले विज्ञप्तिमा गरेका छन् ।
‘बैंक र वित्तीय संस्थाहरु मार्फत नेपाल आयल निगमलाई क्यास भुक्तानी गर्नु पर्ने हुन्छ,’ कलैयाका पेट्रोलियम व्यवसायी ओमप्रकाश यादवले भन्नुभयो, ‘वितिय संस्था बन्द हुदा आयल निगमलाई क्यास भुक्तानी गर्न सकिएको छैन ।’ पैसा नै नतिरेपछि आयल निगमले ईन्धन दिने कुरै भएन । त्यसैले बैंक तथा वितिय संस्था खुलाउनु पर्ने माग गर्नुभयो ।
विगत १९ दिनदेखि लागेको निषेधाज्ञाका कारण वीरगञ्जका बैंकहरु बन्द छन् भने एक साता देखि बारा जिल्ला प्रशासनले बारामा निषेधाज्ञा घोषणा गरेस“गै यहा“का बैंकहरु पनि बन्द भएका छन ।
बैक तथा वित्तिय संस्थाहरु बन्द भएपनि यस क्षेत्रका डिलर्सहरु हेटौडा, अमलेखगंज, काठमाण्डौ, चपुर तथा हरिऔनबाट भौचर भरि नेपाल आयल निगमबाट पेट्रोलियम पदार्थ लिई यस्तो विकट परिस्थितिमा पनि सेवा दिदै आएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
अब उप्रान्त बारा र पर्साका मात्र हैन हेटौडा, अमलेखगंज, काठमाण्डौ, चपुर तथा हरिऔन समेतका बैैंक तथा वित्तिय संस्थाहरु बन्द हुने भएकोले यस क्षेत्रका पेट्रोलियम डिलर्स व्यवसायीहरुले आइतबार देखि सेवा दिन नसक्ने बारा तथा पर्सा डिलर्स एशोसियशनले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै जानकारी गराएका छन् ।





















