अख्तियार प्रमुख घिमिरेलाई कोरोना संक्रमण

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना संक्रमण भएको छ । 

केही समय अघि घिमिरेका ड्राइभर र सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको थियो । 

 स्वास्थ्य मन्त्रालय स्रोतकाअनुसार मंगलबार आयुक्त घिमिरेमा संक्रमण पुष्टि भएको हो ।  

अख्तियारमा यस अघि पनि कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । सवारी चालक र सुरक्षाकर्मीमा कोरोना देखिएपछि घिमिरे होम आइसोलेसनमा बस्नुभएको थियो ।  

पछिल्लो समय नेपालमा संक्रमितहरुको संख्या बढ्दै जाँदा उच्चपदस्थहरु पनि संक्रमित हुन थालेका छन् । केही दिन अघि प्रदेश नम्बर २ का मन्त्री ज्ञानेन्द्र यादव, सांसद प्रदीप यादव, वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलगायत पनि कोरोना संक्रमित भइसक्नु भएको छ ।

पछिल्लो समय सुरक्षा प्रदान गर्ने निजी सुरक्षाकर्मीको कन्ट्याक्ट ट्रेसिङमा उच्चपदस्थ परेको अनुमान गर्न सकिन्छ ।