एकैदिन थपिए पोखरामा १५ जना कोरोना संक्रमित

पोखरा । गण्डकी प्रदेशमा  मङ्गलबार एकैदिन  २५ जना कोरोना संक्रमित थपिएका छन । मङ्गलबार बिहान ६:०० बजे गण्डकी प्रदेशमा ८ जनामा कोरोना पोजिटिभ देखिएको थियो भने पछिल्लो साझ ५ बजे सम्ममा  १७ जना थपिएका छन् । मङ्गलबार २५ जना सक्रमित थपिएका हुन। बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका वडा नं ४ मा १ जना महिला र वडा नं ३ मा १ पुरुष गरि २ जना थपिए , तनहु  जिल्लाको बन्दिपुर गाउपालिका वडा नं ६ र ३ मा १९१ जना पुरुष गरि २ जना पुरुष थपिए। कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं ५ र ३० मा १९१ जना पुरुष र वडा नं ५ र १७ मा १९१ जना महिला गरि ४ जना कोरोना संक्रमित थपिएका हुन ।

त्यस्तै   स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकामा ४ जना महिला र २ जना पुरुष गरि ६ जना नया संक्रमित थपिएका हुन। कास्कीमा भने पुन नयाँ संक्रमित थपिएका हुन। कास्कीको पोखरा महानगरपालिका वडा नं ९ मा ४ महिला २ पुरुष गरि,वडा नं १९ मा ४ महिला थपिएका हुन भने १ महिला को वडा नखुलेको गरि ११ जना नया संक्रमित थपिएका छन। पोखरा महानगरपालिकामा मङलबार नयाँ १५ जना संक्रमित थपिएका हुनसबै संक्रमित ब्याक्तीहरुलाई आइसोलेसन कक्षमा लैजाने तयारी भै रहेको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माले जानकारी दिनुभयो। हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ सय ४८ पुगेको छ भने १४९३ जना निको भै घर फर्किसकेका छन।