राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ उडान भदौ १५ सम्म बन्द गर्ने सरकारको निर्णय।

काठमाडौं :=कोरोनाको संक्रमण झन् बढी फैलन थालेपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो दूरीका सवारीसाधन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ उडान भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । सरकारले यसअघि भदौ १ गतेदेखि सवारी तथा हवाइ उडान चल्न दिने निर्णय गरेको थियो।

बैठकले २ सय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा यातायातका साधान भित्रिने र बाहिर जान नदिने निर्णय गरेको छ । कोरोनाका बिरामीहरूको संख्या २ सयभन्दा बढी भएका जिल्लाहरुमा अत्यावश्यक बाहेकका सवारी साधानहरुलाई भित्रिन र बाहिरिन नदिने निर्णय गरेको हो।
अत्यावश्यक परेर पास बनाएका र बिरामी बाहेक अरूको आवागमनमा कडाइ गर्ने निर्णय भएको छ । २ सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु उच्च निगरानीमा रहेको समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले बताएका छन् । यस्तै सरकारले भदौ मसान्तसम्म सीमा नाकाहरु बन्द गर्ने निर्णय पनि गरेको छ।

उपत्यकामा समूदाय स्तरमा कोभिड-१९ को संक्रमण जानसक्ने खतरालाई ध्यानमा राखी सरकारको समर्थन वा विरोधमा झाली, भेला, अनसन, जुलुस लगायतका गतिविधि गर्न कडाईका साथ निषेध गरिनुपर्ने तथा भीडहने सांस्कृतिक गतिविधि जात्रा पर्व सञ्चालनमा पनि रोक लगाउन अनुरोध गर्ने’ निर्णयमा भनिएको छ ‘आर्थिक गतिविधिलाई चलायमान गर्नका लागि खुकुलो बनाइएको र बाक्लो आवतजावत रहन गएका व्यापारिक क्षेत्र तथा सपिङ्ग महलहरु, होटल, रेष्टुरेष्ट आदिमा कोभिड-१९ संक्रमणको उच्च जोखिमयुक्त क्षेत्र रहेको हुँदा सो क्षेत्रमा यथासक्य सतर्कता मापदण्डलाई कडाईका साथ पालना गर्नुपर्ने र सोको नियमित अनुगमन गरी कारवाहीको दायरामा ल्याइनुपर्छ।’

त्यस्तै सामाजिक सुरक्षा भत्ता प्रायोजनको लागि नवीकरण गर्ने म्याद श्रावण मसान्तसम्म रहेकोमा सो म्यादका कारण वडास्तरमा ज्येष्ठ नागरिकको भिडभाड भई कोभिड-१९ को संक्रमण झन बढ्ने भएकाले उक्त म्याद हाललाई २०७७ साल भाद्र मसान्तसम्म कायम गर्न नेपाल सरकारलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ।