साउन । स्पेनका पूर्वराजा ख्वान कार्लोस साउदी अरब पुग्नुभएको छ । स्पेनिस मिडिया ग्रुप एनआइयूएसले सार्वजनिक गरेको एक तस्वीरले उहाँ अबुधाबी पुगेको संकेत गर्छ जसमा उहाँ विमानबाट ओर्लदै हुनुहुन्छ । कार्लोसविरुद्ध भ्रष्टाचारको अभियोगमा अनुसन्धान चलिरहेको छ । उहााले सोमवार देश छाड्न लागेको घोषणा गर्नुभएको थियो । कहाँ र किन जान लागेको भन्ने बारे केही जानकारी दिनुभएको थिएन ।
एजेन्सीहरूका अनुसार एउटा भ्रष्टाचारको मामलामा आफ्नो नाम मुछिएपछि देश छोड्ने निर्णय गर्नुभएको कार्लोस विशेष विमान मार्फत युएईमा अवतरण गरेको तस्वीर सार्वजनिक भएको छ । स्पेनिस सञ्चार समूह एनआइयुएसले सार्वजनिक गरेको तस्वीरमा पूर्वराजा कार्लोस अबुधाबीमा विमानबाट झर्दै गरेको देखिन्छ । गत सोमबार स्पेनिस राजदरबारले कार्लोसले देश छाड्ने निर्णय गरेको जनाएको थियो । केही हप्ताअघि सुरु भएको भ्रष्टाचार अभियोगको अनुसन्धानमा कार्लोसको नाम पनि मुछिएपछि एकाएक उहाँले देश छाड्ने घोषणा गर्नुभएको जनाइएको थियो ।
कार्लोसले गत सोमबार देश छाड्ने घोषणा गर्नुभएको थियो । उहाँले अबुधाबीको पाँचतारे होटल इमिरेट्स प्यालेसको एउटा तल्ला नै बुक गरेको जनाइएको छ । तर, स्पेनको दरबारले कार्लोस कहाँ हुनुहुन्छ भन्नेबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।
आफूले कुनै गलत काम नगरेको दाबी गर्नुभएका कार्लोसले आफू अन्तर्वार्ताका लागि तयार रहेको बताउनुभएको छ । ८२ वर्षीय कार्लोसले वर्तमान राजा छोरा फेलिपेलाई पत्र लेखेर देश छोड्ने जानकारी दिनुभएको थियो । फेलिपेलाई ६ वर्षअघि कार्लोसले सत्ता हस्तान्तरण गर्नुभएको थियो ।
४० वर्ष लामो साशनपछि सन् २०१४ मा उहाँले राजनीतिक सत्ता आफ्ना छोरा फेलिपलाई हस्तान्तरण गर्नुभएको थियो । त्यसअघि नै उहाँका ज्वाइँसहित उहाँलाई पनि भ्रष्टाचारको आरोप लागेको थियो । उहाँ स्पेनिस आर्थिक संकटका समयमा हात्ती शिकार गर्नका लागि निस्किएको बारे पनि विवादित बन्नुभएको थियो ।
विवादहरू यतिमै रोकिएनन् । यस वर्षको जुनमा, स्पेनको सर्वोच्च अदालतले कार्लोस साउदी अरेबियामा एक उच्चगतिको रेल अनुबन्धमा संलग्न भएको आरोपमा अनुसन्धान सुरु गरेको थियो । उहाँले भ्रष्टाचारका सम्बन्धमा अनुसन्धान गरिरहेका अधिकारीले अन्तर्वार्ता गर्न चाहे आफू तयार रहेको पनि बताउनुभएको थियो । स्पेनलाई अधिनायकवादबाट निकै कुशलतापूर्वक प्रजातन्त्रको मार्गमा ल्याएका कार्लोसका लागि यो अपमानजनक बहिर्गमन मानिएको छ ।




















