काठमाडौं := नेपाली चलचित्रकि नायिका पूजा शर्माले पत्रकार प्रकाश सुवेदी विरुद्ध उजुरी दिएकी छन् । पत्रकार सुवेदीले आफूविरुद्ध दिएको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै नायिका पूजाले आइतबार चलचित्र कलाकार संघमा उजुरी दिएकी हुन्।
पत्रकार सुवेदीले नायिका पूजाविरुद्ध दिएको अभिव्यक्तिमा अपशब्द र होच्चाउने शब्द प्रयोग गरेको भन्दै आलोचना भइरहेका बेला कलाकार संघमा उजुरी परेको हो ।
नायिका पूजाको शारीरिक एवं बौद्धिकतामाथि टिप्पणी गर्दै पत्रकार प्रकाशले भनेका थिए, ‘आफैँ नजान्ने अनि हामीले चाहिँ लिएको इन्टर्भ्यू काटिदिनु पर्ने ? मिलाई मिलाई महानायिका बनाइदिनु पर्ने ? त्यो पनि दाह्रा निस्किएको अनुहारलाई ?’

निरन्तर चलचित्र असफल हुँदा कैयौं पटक रोएकी पूजा पछिल्लो केही बर्षयता बल्ल सफलताको सिढी चढिरहेकी थिइन् । दर्शकको मायाले पूजालाई चलचित्र क्षेत्रमा स्थापित गरिरहेको थियो । तर, लकडाउनको समयमा विभिन्न खालका ट्रोल र आरोपबाट प्रताडित बनेकी यी नायिका त्यसलाई भुलेर अगाडि बढ्दै गर्दा फेरि एकपटक आफ्नो शारीरिक बनावटलाई लिएर गरिएको टिप्पणीले विक्षिप्त छिन्।




















