राशिफल

आज मिति २०७७ साल साउन २६ गते भाद्र कृष्ण पक्ष, सप्तमी तिथि सुर्याेदय ५ः३२ सूर्यास्त १८ः४४ ।

मेषः वस्त्राभूषणको लाभ हुँदा हर्षाेल्लास छाउनेछ ।

वृषः अनावश्यक विवादका कारण तनाव हुनेछ ।

मिथुनः अतिथिको सेवा गर्ने अवसर मिल्नेछ ।

कर्कटः आँटेको काम सफल हुनाले मनमा उत्साह हुनेछ ।

सिंहः  व्यापार व्यवसायमा सोचेको जस्तो आम्दानी हुने छैन ।

कन्याः शत्रु पक्ष बलियो हुँदा काममा बाधा हुनेछ ।

तुलाः आमा, दिदी बहिनीहरुको सहयोगले गर्दा काम बन्नेछ । 

वृश्चिकः मान सत्कार मिल्नाले मन प्रशन्न हुनेछ ।

धनुः आफन्तबाट धोका हुनाले मन अशान्त हुनेछ ।

मकरः भोजनको कारण स्वास्थ्यमा गडबडी हुनसक्ने छ ।

कुम्भः धैर्यताका साथ काम गर्नाले विजय प्राप्त हुनेछ ।

मीनः आर्थिक रूपमा हानी हुँदा मानसिक चिन्ता बढ्नेछ ।