[ राम अवतार चौधरी ]
चन्द्रौटा (कपिलवस्तु):= कपिलवस्तु जिल्ला प्रशासनले शुक्रबार अर्थात् अाजबाट लागु हुने गरी अत्यावश्यक सेवाका कार्यालय बाहेकका सम्पूर्ण कार्यालयहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ । जिल्लाको समुदाय स्तरमा कोभिड १९ कोरोना संक्रमण फैलिए पछि सरकारी कार्याय, बैंक तथा वित्तिय संस्थाहरु पूर्ण रुपमा बन्द गर्ने प्रशासनले निर्णय गरेको हो ।
भोलि शुक्रबार विहान ५ बजेबाट लागु हुने गरी जिल्ला प्रशासनले साउन ३२ गतेको राती १२ बजे सम्म लागु हुने गरी अति आवश्यक सेवाका कार्यालय बाहेकका सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाहरुको सेवा पूर्ण रुपमा बन्द रहने गरि आदेश गरिएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले जानकारी दिए ।

कोरोनाको उच्च जोखिममा जिल्ला रहेको र पछिल्लो समय जन सम्पर्क अधिक हुने सरकारी कार्यालय, बैंक, वित्तिय संस्थाहरुमा कार्यरत कर्मचारीहरुमा समेत कोरोना संक्रमण देखिएको स्थानिय प्रशासन ऐन २०२८को दफा ६ (३) र संक्रमण रोग ऐन २०२०को दफा ३ बमोजिम २०७७ श्रावण २३ गते विहान ५ बजे देखि २०७७ साउन ३२ गते राती १२ बजे सम्म लागु हुने गरी निर्देशन दिएको र कोहि कसैले निर्णयको उल्घंन गरे कानुन बमोजिम कारबाहि गरिने समेत जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
साथै माल बाहक ढुवानीका बाहेक जिल्ला भित्र संचालन हुने सार्वजनिक यातायातका सवारी साधनहरु पूर्ण रुपमा बन्द गर्ने र निजि सवारी साधनहरु (मोटरसाइकल, स्कुटर समेत) जोरविजोर नम्बरका आधारमा (जोर गते जोर र विजोर गते विजोर) नम्बरका सवारी संचालन गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।




















