२४ घन्टामा ३६० जनामा कोरोना संक्रमण पुष्टि/अहिलेसम्म ७० जनाको मृत्यु।

काठमाडौं:= विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसले नेपालमा बिहिवारको दिन मात्रै ३६० जनामा संक्रमण देखिएको छ,भने अहिलेसम्म ७० जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले बोल्दै भने ,”२४ घण्टामा ६ हजार ६२२ जनाको पीसीआर परीक्षण गर्दा ३६० जनामा कोरोना पुष्टि देखिएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या २१ हजार ७५० संख्या पुगेको छ। जसमध्ये १५ हजार ३८९ जना निको भएर फर्किएका छन् । पछिल्लो २४ घण्टामा २३३ जना निको भएर घर फर्किएका छन्। हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको छ। यस्तै ९ हजार ४७० जना क्वारेन्टाइनमा रहेको जनाइएको छ।