मेटिन थाल्यो फेवातालको अस्तित्व भत्किन थाल्यो सिल्टेसन ड्याम: नेविसंघको आपत्ति

पोखरा। पोखरा महानगरपालिका वडा नं २३ स्थित  अंधेरिखोलामा फेवातालको लागि बनाइएको सिल्टेसन ड्याम्म हस्तान्तरण अगाभै भत्किएको छ।  करिब डेढ महिना अघि निर्माण भएको ड्याम उद्घाटन गर्ने तयारीमा हुँदै गर्दा क्षतिग्रस्त भएको हो । पिके जेभी कन्स्ट्रक्सनले ठेक्का पाएर बनाएको ड्याम सम्पन्न हुनुपर्ने समय अझै पाँच महिना बाँकी छ ।असारे वर्षाको भेलले ड्यामको पर्खाल र ढुंगा भरेको जाली बगाएको छ। नेविसंघ पोखरा २३ का सभापति सुजन पराजुलीले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त समस्यालाई ध्यानाकर्षण गराउनु भएको छ ।

पराजुलीले विज्ञप्ति जारी गर्दै  ‘स्थानीयमा कोरोना संक्रमणको मनोवैज्ञानिक त्रास कायमै रहेको बेला ड्याममा जम्मा भएको पानीको वहाव एकै पटक फुट्यो भने धेरै जनधनको क्षति हुनेछ ू पराजुलीले यस समस्याका कारण स्थानीयमा थप तनाव उत्पन्न भएको बताउनु हुन्छ।

ड्यामको निर्माणमा गरिएको लापर्बाहीको छानविन गर्न समेत नेविसंघको बिज्ञप्तीमा माग गरिएको छ ।  ड्याम्म फुट्दा पर्न सक्ने जोखिम बारे स्थानीयलाई सजग गराउन समेत  सम्बन्धित सरोकारवालालाई नेविसंघले अनुरोध गरेको छ ।

सरोकारवाला निकायले आम वासिन्दाहरुको भवितव्यको जोखिम र क्षतिको वेवास्ता गरेमा कडा कदम उठाउने चेतावनी समेत नेविसंघले दिएको छ । वर्षाको समयमा हतारमा काम गरिएकाले यस्तो समस्या आएको संघका सभापति पराजुलीले बताउनु भयो ।