हात भाचियो उपचारगर्न सकिन कामगर्न सक्दिन घर जान सकिन मलेसियामै मरिन्छकि! चिन्ता लाग्छ।

तिलोचन गौतम
क्वालालम्पुर मलेसिया

सिन्धुली मरिण गाउँपालिका ४, ठुलीदमार का टेक बहादुर दियाली ७ बर्ष भयो कम्पनी छोडेर अबैधानिक रुपमा मलेसियाको काजाङ मा काम गर्दै आएका कमाई चित्तबुझ्दो नभएको र काम सारै गाह्रो भएको,कम्पनीले अतिरिक्त सुल्क विभिन्न शीर्षकमा मनलाग्दी काटेका कारण कम्पनी छोडेर बाहिर काम गर्न थालेका दियाली तर एतिबेला कम्पनी छोडेकोमा पस्चातापको ठुलो भारी लिएर बसिरहेका छन।

अहिले उन्को हात भाचिएर सात महिना भयो । फलामका ठुला ठुला समान उठाउएर लोडिङ गर्नुपर्ने काम थियो काम गर्नेक्रममा हात च्यापिएर भाचियो। काम गर्दै गरेको कम्पनीको तर्फबाट साधारण मलम पट्टी गरायो अप्रेसन गर्नुपर्ने थियो हात बाङ्गो भएर गैसक्यो आदि जिन्दगी अब कसरी बित्ला भन्ने ठुलो चिन्तामा छ्न उनि एतिबेला ।

नेपाल तामाङ घेदुङ मलेसिया र तामाङ कलाकार संघ मलेसिया का साथीहरू राहत खाध्यान्न सामाग्री बितरण गर्दै

केहि दिन अगि मात्रै राहत खाध्यान्न सामाग्री लिएर उन्लाइ भेट्न पुगेको नेपाल तामाङ घेदुङ मलेसिया र तामाङ कलाकार संघ मलेसिया का साथीहरूले स्वदेश फिर्ताको पहल चलाइदिएका छ्न । आफु अबैधानिक रुपमा बस्दै आए वापत मलेसियाको अद्यागमनलाइ तिर्नुपर्ने रकम जम्म्म पारे मलेसिया स्थित नेपालि राजदूतावास क्वालालम्पुरले टिकट उपलब्ध गराइदिने प्रतिबद्धता जनाएको छ। आफ्नो लागी स्वदेश फिर्ता हुन लाग्ने खर्च कसैले जुटाइदिए स्वदेश मै उपचार हुन्थ्यो कि भन्ने झिनो आस अझै नमरेको सुनाउदै जे जस्तो अबस्थामा भए पनि कम्पनी छोडेर नेपाली दाजुभाइ दिदिबहिनी कसैले काम नगर्न अनुरोध गर्छन।