थारु मोडेल ममता चौधरी ट्रोलको शिकार/ट्रोल बनाउने विरुद्ध ममताले दिइन् प्रहरीमा उजुरी।

चितवन := थारु समुदायको चर्तित मोडेल नवलपरासी गैंडाकोट निवासी ममता चौधरी समाजिक संजाल फेसबुकमा ट्रोलको शिकार भएकी छिन।

मोडेल ममता चौधरीको फोटोलाई दुरुपयोग गर्दै नराम्रो फोटोहरु संग जोडेर ट्रोल बनाइ चितवन जिल्ला निवासी दिपक चौधरी ( सुजल ) नामक थारु युवा एडमिन रहेको थारु मेमेर ( Tharu memer ) र अन्य थुप्रै फेसबुक पेजबाट पोस्ट गरि फोटो र भिडियो भाइरल बनाइ जताततै सेयर गरेको भेटिएको छ।

पेजको एडमिनले मेरो फोटोको दुरुपयोग गरि , अश्लील शब्दहरु प्रहार गरि बारम्बार मानसिक यातना दिएकोले निज उपर साइबर क्राइम अन्तर्गतको मुद्धा लगाई आवश्यक कारवाहीको लागी नवलपरासीको गैंडाकोट प्रहरी चौकीमा उजुरी दिएको मोडेल ममता चौधरीले टेलीफोन वार्तामा बताइन्।

[ दिपक चौधरीले ट्रोल फोटोहरु पोस्ट गरेको ( tharu memer ) नामक फेसबुक पेज ]
[ मोडेल ममता चौधरीको फोटो दुरुपयोग गरि बनाइएको ट्रोल फोटोको केहि नमुना तस्बिरहरु ]

उनले टेलीफोन सम्पर्कमा थप बोल्दै भनिन ,” मैले पेजको एडमिन दिपकलाई अनुरोध पनि गरेको थिए , मेरो फोटो यसरी दुरुपयोग नगरिदिनुस मेरो बेइज्जत किन गरिराख्नु भएको छ?के दुश्मनी छ ? म संग भनेर आग्रह गर्दा पनि मान्नु भएन,अझै नयाँ नयाँ ट्रोल बनाएर मलाई मानसिक यातना दिइरहयो उसले। अझै धेरै ट्रोल बनाउछु मेरो फेसबुक पेज हो , जे पनि गर्छु , जे पनि हाल्छु भनेर मेरो निजि जिन्दगी (personal life) मा दखल दिने , आँच पुग्ने खालको क्रियाकलाप गर्न नरोकेछी अझै उल्टै विभिन्न खाले गाली,गलौज गर्दै धाकधम्की दिने गरेकोले म बाध्य भएर कानुनको सरणमा पुग्नु परेको मोडेल ममताले बताइन्।

[ मोडेल ममता चौधरीले प्रहरीमा दिएको उजुरी बारे थाहा पाएपछि थारु मेमेर ( Tharu memer ) फेसबुक नामक पेजबाट लाईभमा आएर धम्कीपुर्ण शब्द प्रहार गर्दै बोल्दै पेजको एडमिन दिपक चौधरी (सुजल) ]

नेपालमा कानुन हुँदाहुँदै पनि नेपाली नारीहरू बारम्बार विभिन्न हिँसामा पर्ने गरेको पनि सर्वबिदित्तै छ्न । त्यस्तै नारी हिँसा पेजको एडमिन लगायतको केहि अराजक तत्वहरुले म माथी साइबर आक्रमण गर्न खोजेकोले न्यायको लागी प्रहरी चौकीमा पुगेको र प्रहरीले पनि दोषीलाई पक्राउ गरि आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाइने बताएको कुरा ममताले सुनाइन् ।

यता थारु मेमेर पेजको एडमिनले ममता चौधरीलाई ट्रोल गरेको केहि फोटोहरु पेजबाट हटाए पनि ट्रोलको बिषयबारे बुझ्नको लागी टेलीफोन मार्फत सम्पर्क गर्न खोज्दा नम्बरमा उपलब्ध हुन सकेन।

[ थारु मोडेल ममता चौधरी ]