सहयोगी नेपाल द्वारा जेष्ठ नागरीक तथा बालबालिकाको निसुल्क स्वास्थ परिक्षण ।

कोभिड १९ महामारीको महामारीले सबैलाइ तरङ्गित गराइएको अबस्थामा ललितपुर उपमहानगरपालिकाको भैसेपाटी स्थित वडा नं.१८ मा सहयोगी नेपालका अध्यक्ष इश्वरी ढकाल को पहल तथा सक्रियतामा सहयोगी नेपाल सस्थाले जेष्ठ नागरीक तथा बालबालिकाको निसुल्क स्वास्थ परिक्षण गरेको छ ।

बृद्ध अबस्थाका मानिस तथा बालबालिका हरुलाइ सहयोग गर्ने उद्देश्यले स्वास्थ परिक्षण गरिएको सहयोगी नेपाल का कोषअध्यक्ष गोपाल ओझा ले बताउनु भयो ।

स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) का कार्यकारी सदस्य सचिव र आईओएमका प्रोफेसर वरिष्ठ चिकित्सक डा प्रदीप ज्ञवालीले चेक जाच गरि साधारण औषधी हरु समेत उपलब्ध गराएका थिए।थप चेकअप आवश्यक भएमा उनीहरूलाई मद्दत गर्न उनले आफ्नो तर्फबाट सहयोग गर्ने बचन बद्धता समेत ब्यक्त गरे ।

डा प्रदीप का अनुसार पोषण र सन्तुलित आहारको अभाव भएको कारण विभिन्न प्रकारका रोग लाग्ने गरेको पाइएको बताए 34 जना बालबालिका र 18 जना जेस्ठ नागरिक को स्वास्थ अबस्थामा चेक जाच गरि पोषण, ज्येष्ठ नागरिकहरूको लागि कपडा, बच्चाहरूको स्टेशनरी लगाएतका आवश्यक सामानहरू समेत प्रदान गरेका थिए। सहयोगी नेपाललाई यस्तो सहयोग कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद दिदै यस्तो कार्यक्रम सञ्चालन गर्ने संस्था लाइ आफु ले सधैं सहयोग गर्ने बताउदै आफुलाइ सहयोग गर्ने अबसर जुटाइदिएकोमा सहयोगी नेपाल लाइ धन्यवाद दिएका थिए।