कम्पनीले बेवास्ता गर्दा बाद्यताले ज्यान बचाउन अबैधानीक बन्नपर्यो हामी स्वदेश फर्कन चाहान्छौ।

तिलोचन गौतम
क्वालालम्पुर मलेसिया

सल्यान त्रीबेणी गाउपालिका का टोपेन्द्र बुडाथोकी पारिवारिक आय आस्था कम्जोर भएकै कारण पढाई छोडेर बिदेश जाने निधो गरे । साहु सङ रिण काडेर आफु बिदेश जाने कुरा साथीहरू लाइ सुनाएपछी त्रीबेणी गाउपालिकाकै धर्मराज र डिल्ली बुडाथोकी पनि टोपेन्द्र सङै बिदेशीने निधो गरे ।

गाउँकै एक एजेन्ड द्वारा महाराजगन्ज काठमाडौ मा रहेको लाइफ इन्टर्नेसनल ओभरसिज मार्फत जनही 80 हजार रुपैया तिरेर तिनै जना मलेसिया आउने तय भयो । 2017 मे 10 मा मलेसियाको पेनाङ स्थित capacity infinite Malaysia को भिजा लगाएर मलेसिया आएका उनिहरु लाइ कम्पनीको प्रतिनिधिले एर्पोट बाट रिसिभ गरेर पेनाङ को एउटा छाप्रोमा लगेर छोड्यो ४ दिन सम्म कम्पनीको कोहि प्रतिनिधि सम्पर्कमा नआएपछी उनीहरुलाइ मलेसिया पठाउने एजेन्ड लाइ खबर गरे आफुले केहि समय मा खाना बस्नको राम्रो बन्दोबस्त गरिदिने बताएका एजेन्ड पनि सम्पर्क बिहिन भएपछी भोको पेट लिएर भौतारिन थाले । गाउँ बाट आएका तिनै जनाको पहिलो वैदेशिक यात्रा भएकोले कसैसङ तेस्तो केहि अनुभब थिएन । भासा जानेको थिएन यहाँको नियम कानुन बुझेको थिएन ।

केहि समय पछि उनिहरु बसेको छाप्रो नजिकै काम गर्ने नेपाली साथीहरू सङ सम्पर्क भयो उनिहरुले खाना खुवाए टोपेन्द्र लगाएत साथीहरूले आफुहरुलाइ परेको समस्या नेपाली साथीहरू लाइ सेयर गरे । कतै काम पाए भोकभोकै बस्नुपर्ने बाद्यता हट्थो कि भनेर काम खोजिदिए काम गर्ने आसाय ब्यक्त गरेपछि साथीहरूले काम खोजिदिए बाद्य भएर आफ्नो भोको पेटको लागी अबैधानिक भएर सुरक्षागार्ड को काम गर्न थाले।

केहि महिना काम गरेपछी उनिहरुले काम गर्दै आएको कम्पनीले अबैधानिक कामदार लाइ काम मा नराख्ने निधो गर्यो तेस्पछी तिनैजना काम बिहिन भए । काम गर्दा अलिअली मलेसियाको भासा जान्न्ने भएका थिए । कामको खोजिमा पुण: भौतारिन पर्ने भयो एक स्थानीय को सहयोगमा काममा लागे तर महिनाभरी काम गरेर पारिश्रमिक लिनेबेला उल्टै प्रहरी लगाएर पक्राउ गरिदिने धम्की पाए । उता गाउबाट आउदा लागेको रिण दैनिकी बडिरहेको थियो ।

जसोतसो आएको रिण दुखले कमाएर साहुलाइ बुझाए अहिले परिवार बिराम परेको खबर आएको छ । नेपाल फर्किन तेत्ती सहज छैन । कमाउने आस त अब छैन बन्दले गर्दा काम पाउन हम्य छ । बिरामी परेको परिवार सङ भेट गर्न पाए हुन्थो भन्ने इच्छा जागेको छ । बिगत मा मलेसिया सरकारले अबैधानिक कामदार फिर्ता कार्यक्रम ल्याएको छ भन्ने कुरा कार्यक्रम सकिने बेला थाहा भने पाएका थिए । स्वदेश फर्कने मनासाय नबनाएका पनि हैनन उनिहरुले काम गर्दै गरेको कम्पनीले तलब नदिएपछी त्यो कार्यक्रम मार्फत स्वदेश फर्कन पनि पाएनन् । अहिले कोरोनाको महामारी छ । काम बिहिन बसेको ४ महिना पुग्न लाग्यो अली अलि भएको पैसा पनि खाना र केठा भारा तिर्दै सकियो ।

मलेसियामा रहेको नेपाली दूतावासमा सम्पर्क गर्दा इमिग्रेसन ले तोके बमोजिमको फाइन तिरेपछी स्वदेश फर्कन पाइने प्राबधान रहेको अधिकारि हरुले बताएका छन ।अहिले उनीहरु सङ नत स्वदेश फर्कन पैसा नै छ नत गर्न लाइ काम नै ।