मलेसियामा सुरक्षागार्डमा कार्यरत नेपाली श्रमिक प्रबिनको सुतेकै अवस्थामा मृत्यु।

[ आरएन चौधरी थारु ]


क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा सुरक्षागार्ड (security guard) मा कार्यरत एक नेपाली श्रमिकको सुतेकै अवस्थामा मृत्यु भएको छ।

आजभन्दा ८ महिना अगाडि मात्रै रोजगारीको निम्ति मलेसिया आईपुगेका धनुषा , जनकपुर निवासी अन्दाजी ४१ बर्षिय प्रबिन झा को जुलाई २४ तारिख,शुक्रबारको दिन राती सुतेकै अवस्थामा मृत्यु भएको हो।

डायनामिक सेक्युरिटी ( dynamic security company ) कम्पनीमा कार्यरत प्रबिन झा राती आफुसंगै कामगर्ने साथीहरुसंग बसेर खानासाना खाएर सुतेका थिए , राती अच्चानक उनको मृत्यु भएको खबर बिहान मात्रै थाहा पाएको सोहि कम्पनीमा कार्यरत एक नेपाली श्रमिकले नाम नखुलाउने सर्तमा मलाया खबरलाई जानकारी गराउनुभयो।

[ तस्बिरमा सुत्यासुत्यै भएर मृत्यु भएका नेपाली श्रमिक प्रबिन झा ]

हृदयघात ( heart attack ) भएर मृत्यु भएको आशँका गरिएको मृतक प्रबिनको शवलाई अहिले पोस्टमार्टमको लागी स्थानीय अस्पतालमा लगिएको जनाएको छ। मृतकको घरमा बुवाआमा संगै श्रीमति र दुई छोराछोरी रहेको जानकारी प्राप्त भएको छ। मलेसियामा विभिन्न कारणले ज्यान गुमाउने नेपालीको संख्या अरु देशको तुलनामा उच्च रहेको छ।