[ आरएन चौधरी थारु ]
क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा केहि महिनादेखि सुधारउन्मुख गतिमा रहेको कोरोना भाइरस (कोभिड -19) को सङ्क्रमण पुनः बढेको छ।
मलेसियाको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जुलाई महिनाको २५ तारिख , शनिबारको दिन सार्वजनिक गरेको तथ्यांकअनुसार मलेसियामा कोरोना संक्रमित नागरिकको संख्या अच्चानक बढेर १६७ जना पुगेको र मृत्यु हुनेको संख्या यथावत १२१ जनानै रहेको उल्लेख गरेको छ।
अहिलेसम्म जम्मा संक्रमितको संख्या ८ हजार ८ सय ८४ जना रहेको छ । जसमध्य ८ हजार ५ सय ९४ जना उपचार सकिएर निको भैइसकेको छन , भने बाकी अझै उपचारको क्रममा रहेको छ। स्थानीय अनलाइन पत्रीका द-स्टारमा समाचार छापिएको हो।
मलेसियामा कोरोना संक्रमित पुनः बढ्न थालेपछि स्वास्थ्य सुरक्षा सम्बन्धि उच्च सतर्कता अपनाउन थालिएको छ। वरिष्ठ – रक्षामन्त्री दातोक श्री इस्माइल साबरी याकोबले एक पत्रकार सम्मेलनम बोल्दै भने , ” धेरै भिडभाड हुने ठाउँमा र बाहिर हिलडुल गर्न निस्केका तर सरकारले जारी गरेको SOP अन्तर्गतको समाजिक दुरिको पालना नगर्ने र फेस मास्क नलगाएको आरोपमा ३३० जना मानिस लाई पक्राउ गरिएको छ। जसमध्ये २३ जनालाई जमानतमा रिहा गर्नुको साथै बाँकी ३०४ जनालाई कम्पाउण्ड नोटिस जारी गरिएको मन्त्री याकोबले बताए।

कतिपय ठाउँमा रोड ब्लक गरेर सवारी चेकजाँच देखि लिएर समाजिक दुरि कायम सम्बन्धि पालनामा तिब्र कडाइको साथै कतिपय ठाउंमा चेकजाँचको क्रममा अबैधानिक विदेशी श्रमिकहरु पक्राउ समेत गरिएको जनाएको छ। साथै अबको केहिदिनमा पनि संक्रमितको संख्यामा सुधार नआए कोरोना नियन्त्रणका उपाय र कानुनहरु सशक्त तरिकाले लागु गरिने बताएको छ।




















