शाओमीको सफलताका प्रमुख पाँच कारण छन्

पछिल्लो समय नेपाली बजारमा मोबाइल कम्पनीबीच तीव्र प्रतिस्पर्धा छ । मूल्य र गुणस्तरमा प्रतिस्पर्धा गर्न नसक्ने कतिपय ब्राण्डहरू नयाँ ब्राण्डको प्रवेशसँगै विस्थापित हुने क्रम बढेर गएको छ । नयाँनयाँ ब्राण्डको प्रवेशले उपभोक्तालाई उपयुक्त ब्राण्ड छनौटका लागि सहजता प्रदान गरेको छ । पछिल्लो समय नेपाली बजारमा शाओमी मोबाइलमा उपभोक्ताको आकर्षण देखिएको छ । उपयोगी फिचर्स, उत्कृष्ट क्यामेरा र उचित मूल्यका कारण पनि शाओमीप्रति उपभोक्ताको आकर्षण देखिएको हुनसक्छ । सोही कारण छोटो समयमै शाओमी नेपालमा नम्बर १ ब्राण्ड बन्न सफल भएको शाओमीका नेपालस्थित कन्ट्री म्यानेजर सौरभ कोठारी बताउँनुहुन्छ । त्यसो त शाओमीले छोटो अवधिमा नेपालमा आक्रामकरूपमा बजार विस्तार गरेको छ । शाओमी मोबाइलको लोकप्रियतासँगै कम्पनीले उत्पादनमा विविधीकरण सुरु गरेको छ । सोही क्रममा हालैमात्र कम्पनीले शाओमी राउटर नेपाली बजारमा ल्याएको छ भने इयरफोन, इयर बडलगायतका एसोेसिरज पनि निकट भविष्यमै बजारमा आउने कन्ट्री म्यानेजर कोठारीले बताउनुभएको छ । प्रस्तुत छ, यिन नै विविध विषयमा हिमालय टाइम्सका लेखनाथ पोखरेलले कोठारीसँग गरेको कुराकानीः

शाओमी नेपालमा कहिलेदेखि बिक्री सुरु भएको हो ?

हामीले सन् २०१८ को अक्टुबरदेखि सरु गरेका हौं । प्रारम्भिक चरणमा हामीले रेडमी ६ ए, रेडमी ६, मी ए २ र मी ए २ लाइट सार्वजनिक गरेका थियौं । त्यतिवेला ४ वटा स्मार्टफोन सार्वजनिक गरिएको थियो । डेढ वर्षको अन्तरमा नेपालमा थप २० वटा स्मार्टफोन सार्वजनिक गरिसकेका छौं । शाओमीले छोटो समयमै सफलता प्राप्त गर्न सक्नुको कारण ? 

शाओमीको सफलताका प्रमुख ५ कारण छन् । पहिलो त प्रोडक्ट इन्नोभेसन, शाओमीले सधंै इन्नोभेटिभ प्रोडक्ट, सबैभन्दा नयाँ प्रोडक्ट बनाउँछ र सबैभन्दा छिटो बजारमा लिएर आउँछ, एकदमै एफोर्डेवल प्राइसमा ल्याउँछ । दोस्रो, बिक्रीपछिको सेवालाई उच्च प्राथमिकता दिन्छौं, सोही क्रममा हामीले एक वर्ष अवधिमा पाँचवटा सर्भिस सेन्टर स्थापना गरेका छौं, १ वेयर हाउस सञ्चालनमा ल्याएका छौं । बिक्रीपछि उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्न सकियोस् भनेर नै हामीले सर्भिस सेन्टर सञ्चालनमा ल्याएका हौं । तेस्रो, न्यू रिटेलमार्फत उपभोक्ताले इ–कमर्श इफिसेन्सी र रिटेल एक्पेरियन्स दिन्छौं । त्यसैका लागि हामीले ४ सय आउटलेट सञ्चालनमा ल्याएका छौं । उक्त आउटलेटमार्फत हामीले शाओमी मोबाइलको ब्राण्डिङ गरिरहेको छौं । पछिल्लो एक वर्षमा हामीले आक्रामक रूपमा नयाँ बिक्रेता विस्तार गरेका छौं । त्यसवाहेक साओमीका चारवटा स्टोरसमेत रहेका छन्, तीनवटा काठमाडौं र १ विराटनगरमा रहेको छ । सोही स्टोरमार्फत नयाँ बिक्रेता विस्तार गर्दै जाने रणनीति बनाएका छौं । चौथो, हामी लोकल ब्राण्ड, ग्लोबल भिजनका साथ काम गर्छौं । हामी नेपाली ब्राण्ड जस्तैगरी तल्लो तहसम्म पुग्ने कोशिसमा हुन्छौं, ग्लोबल कम्पनी, ग्लोबल प्रोडक्टसाथ लिएर आउँछौं, स्थानीय टीससँग काम गर्छौं, ताकी उपभोक्तालाई भरपुर सन्तुिष्ट प्रदान गर्न सकियोस् । पाँचौं, मी फयान । वास्तवमा मी फयान शाओमीको कोर नै हो । मी फयान त्यस्तो समूह हो, जसले हाम्रा उत्पादन एकदमै मनपराउँछन्, उनीहरू एकअर्कोलाई हाम्रो उत्पादन खरिद गर्न प्रोत्साहित गर्छन्, हाम्रा उत्पादनबारेमा आफ्नो परिवार, आफ्ना साथीहरूलाई जानकारी दिन्छन् । हामी पनि मी फ्यानसँग नजिक रहेर काम गर्छांै, उनीहरूसँग फिडव्याक लिइरहन्छौं, उनीहरूसँग मिटिङ गरिरहन्छौं कि कस्ता प्रकारका उत्पादन नेपालमा आवश्यक छ, कस्ता प्रकारका उत्पादन नेपाली युवाहरूले रुचाउँछन् ? हामी सोहीअनुसारका उत्पादन नेपालमा ल्याउन कोसिस गर्छौं । शाओमीका सफलताका यी ५ मुख्य कारण हुन् ।

नेपालमा स्मार्टफोनको अवस्था कस्तो छ ?

तपाईलाई पनि थाहा छ कि कोरोना महामारीका कारण नेपालमा गत मार्च २१ देखि लकडाउन सुरु भएको थियो । लकडाउनपछि झण्डै डेढ महिनासम्म बजार बन्द रहृयो, बजार उपभोक्ता पनि आएका थिएनन् । त्यसपछि भने राम्रो भयो । अघिल्लो वर्षको तुलनामा गत जनवरी, फेब्रुवरी र मार्चमा दोब्बरले बढेर गयो । अहिले लकडाउनको अन्त्य भएको छ । पछिल्लो पटक लकडाउनपछि हामीले नेपालमा नयाँ स्मार्टफोन रेडमी नोट ९, रेडमी नोट ९ प्रो, फ्ल्यागसीप फोन मी १० र मी नोट १० लाइट सार्वजनिक ग¥यौं, धेरै राम्रो रेस्पोन्स आएको छ । विश्वको अग्रणी मार्केट रिसर्च कम्पनी आइडिसीले पनि शाओमी नम्बर १ स्मार्टफोन ब्राण्डका रूपमा घोषणा गरेको छ, हामी नजिकको अंक पहिलो स्थानमा नभएर दोस्रो ब्राण्डभन्दा ६० देखि ७० प्रतिशतले ठूलो छौं र अहिले सबै प्रकारका फोनको उच्च माग रहेको छ ।

कस्तो प्रकारको स्मार्टफोनको बिक्री सबैभन्दा बढी छ ? 

तपाईंलाई पनि थाहै छ, अनलाइन एजुकेसनका लागि स्मार्टफोनको धेरै प्रयोग भइरहेको छ, स्कुल, कलेजका धेरै विद्यार्थीले स्मार्टफोनको प्रयोग गरिरहेका छन् । जसका कारण इन्ट्री लेवल मोबाइल फोनको एकदमै बढी माग छ । २० हजार रुपैयाँभन्दा तलको मोबाइल फोनको बढी माग रहेको छ, यसको करिब ७० प्रतिशत माग छ । हाम्रा दुई स्मार्टफोन रेडमी ८ ए डुअल र रेडमी ८ विद्यार्थीका लागि एकदमै उपयोगी छ । यी दुवै फोनमा ठूलो स्क्रिन, ठूलो ब्याट्री, गोरिला ग्लास र फास्ट चार्जिङ छ । यी दुवै फोन पढाइका लागि शाओमी रेन्जको निकै राम्रो फोन भएकाले बढी बिक्री भएका छन् । 

यसबाहेक मी १० र मी नोट १० लाइटले पनि उत्तिकै लोकप्रियता कमाएको छ । मी नोट १० लाइटमा कभ्र्ड स्क्रिन छ सोनी ६४ एमपी क्यामेरा सेन्सर रहेको छ, जुन ५० हजार रुपैयाँभन्दा मुनिको फोनमा पहिलोपटक आएको हो । ९० हजार रुपैयाँभन्दा मुनि हामीले पहिलो फ्ल्यागसीप फोन मी १० सार्वजनिक गरेका छौं । यो नेपालको पहिलो ५ जी फोन, पहिलो १०८ एमपी क्यामेरा र पहिलो स्न्यापड्रेगन ८६५ प्रोसेसर भएको फोन हो । यसको पनि नेपाली बजारमा राम्रो रेस्पोन्स आएको छ ।

नेपालमा शाओमीको बजार हिस्सा कस्तो छ ?

आइडिसीका अनुसार नेपालमा हाम्रो बजार हिस्सा ३१ प्रतिशत छ भने दोस्रो स्थानमा रहेको ब्राण्डको हिस्सा १८ प्रतिशत छ, यसको अर्थ हाम्रो बजार हिस्सा दोस्रो ब्राण्डभन्दा ६० देखि ७० प्र्रतिशत ठूलो छ । त्यतिमात्र होेइन, हामीसँग १३ हजारदेखि ९० रुपैयाँ मूल्य सम्मका फोनहरू रहेका छन् । हाम्रो बजार हिस्सा हरेक सेगमेन्टमा राम्रो छ र हामीले बजार नेतृत्व गरिरहेका छांै ।

शाओमीका कतिवटा मोडल उपलब्ध छन् ?

अहिले नोट ८ सिरिजमा रेडमी ८ ए डुअल, रेडमी ८, नोट ८ र नोट ८ प्रो रहेका छन् भने नोट ९ सिरिजका केही फोन पनि छन् । हामीले हालै रेडमी नोट ९ र नोट ९ प्रो सार्वजनिक गरेका थियौ । त्यस्तै फ्ल्यागसीप फोनमा हामीले मी १० र मी नोट १० लाइट सार्वजनिक गरेका छौं । त्यसैले हामीसँग हाल १३ हजार मूल्यमा रेडमी ८ ए डुअल, ३० हजारभन्दा तल रेडमी नोट ९ प्रो र फ्ल्यागसीप फोनमा ४५ हजारदेखि ९० हजार रुपैयाँमा मी नोट १० लाइट र मी १० उपलब्ध रहेका छन् ।

शाओमीको समग्र बजारको अवस्था कस्तो छ ?

शाओमीले बजारीकरणका लागि धेरै काम गरेको छ । हाल ३५ वटा क्षेत्रीय वितरक छन्, जसले अलगअलग स्थानमा फोन आपूर्ति गर्छन् । देशभर सबै स्थानमा हाम्रो उपस्थिति छ, चाहे त्यो सुदूरपश्चिम होस्, तराई वा पहाडी क्षेत्र । शाओमीका १ हजार ८ सयभन्दा बढी आउटलेट छन्, जसमध्ये ४ सय मी प्रिफर्ड पार्टनर र १ हजार ४ सय रिटेल पार्टनर छन् । 

अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालको बजार कस्तो छ ?

हामीले विश्व बजारजस्तै चीन, भारतको तुलनामा नेपालमा उपभोक्ता बढी प्रविधिमैत्री भएको पाएका छौं । नेपालीहरू नयाँनयाँ प्रविधि प्रयोग गर्न रुचाउँछन्, त्यसैले नयाँ फोन आउनेवित्तिकै खरिद गर्ने प्रयास गर्छन् । नेपालका ग्राहकलाई जे पनि नवीनतम् चाहिन्छ, त्यसैले गर्दा हामीले पहिलो ५ जी फोन सार्वजनिक गरेका थियौ भने पहिलो ४८ एमपी, ६४ एमपी क्यामेरा फोन पनि सार्वजनिक गरेका थियौं । हामीले गेमिङका लागि उत्कृष्ट ८०० चिपसेट सार्वजनिक गरेका छौं । साथै नेपालमा हामीलाई मी फ्यानको एकदम राम्रो समर्थन पनि छ । हामी नेपालमा आउनुअघि पनि मी फ्यान क्लब सक्रिय थियो र हामी आएपछि अझ बढी मजबुत भएको छ । यस प्रकारको समर्थन अन्य मुलुकमा पाउन कठिन हुन्छ । 

अफलाइन बजारको अवस्था कस्तो छ ?

नेपालमा अफलाइन बजारले ठूलो हिस्सा ओगटेको छ । अनलाइन बजार पनि छन् र अनलाइन ग्राहकका लागि दराज र सस्तोडिलसँग साझेदारी गरिएको भए पनि प्राय सबै बिक्रीहरू अफलाइन हुने गरेका छन् । यसलाई आत्मसाथ गर्दै हामीले मजबुत अफलाइन रणनीति बनाएका छौं, जसका कारण हामीले यो सफलता हासिल गरेका हौं । हामीले अफलाइन बजारलाई ३ भागमा विभाजन गरेका छौं, पहिलो, मी प्रिर्फड पार्टनर, जहाँ हामी शाओमीको ब्राण्डिङ गर्छौं र हामीसँग रिटेल पार्टनर र वितरकको मजबुत सञ्जाल छ, सोही कारण हाम्रा स्मार्टफोन देशभरका सबै स्थानमा उपलब्ध छन् ।

शाओमी कतिवटा मुलुकमा उपलब्ध छ ?

विश्वका ९० भन्दा बढी मुलुकमा हाम्रो उपस्थिति छ भने ८ भन्दा बढी मुलकमा पहिलो स्थानमा छौं, जुन नेपाल, भारत, ग्रिसलगायत छन् । त्यस्तै ३० भन्दा बढी मुलुकमा हामी शीर्ष ५ स्थानमा छौं । नेपालमा हामी डेढ वर्ष अगाडि सून्यबाट सुरुवात गरेका थियौं, आज हामी शीर्ष स्थानमा छौं । यो सबै व्यापक वितरण र विश्वव्यापी रणनीतिबाट सम्भव भएको हो ।

आगामी योजना ?

सन् २०२० का लागि हामीले धेरै योजना बनाएको छौं । सबैभन्दा पहिला हामीले मजबुत स्थानीय टोली बनाउन चाहन्छौं । आज हामीसँग करिब १२० स्थानीय टोली छन्, जो विभिन्न वितरकमार्फत जोडिएका छन् । आगामी ६ महिनाभित्र हाम्रो स्थानीय बिक्री टोलीलाई झन् बलियो बनाउनेछौं । दोस्रो, हामी सधैं उत्कृष्ट गुणस्तरका उत्पादन सर्वसुलभ मूल्यमा उपलब्ध गराउन प्रतिबद्ध रहनेछौं । तेस्रो, ग्राहकको सेवाका लागि हामी बिक्रीपछिको सेवालाई अझ मजबुत बनाउन लागिपरेका छौं । अन्ततः हामी विश्व बजारमा उपलब्ध नवीनतम् प्रविधि एयरफोन, इयर बडलगायतका एसोसिरज पनि छिटोभन्दा छिटो नेपालमा ल्याउने कोसिसमा छौं ।