[ आरएन चौधरी थारु ]
क्वालालम्पुर ( मलेसिया ):= कोरोना महामारीका कारण स्वदेश फर्किन नपाएर रोजगारदाता कम्पनी संगको श्रम सम्झौता सकिएर , भिसाको म्याद सकिएर , कम्पनी बन्द भएर , गर्भवती महिला , बिरामी भएर मलेसियामा समस्या भोगिरहेका,अलपत्र अवस्थामा रहेका १२ हजारभन्दा बढी नेपाली ढिलै भएपनि स्वदेश फर्किने भएका छन्।
कोरोना संक्रमणलाई नियन्त्रण गर्न जारी लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान बन्द गरिएपछि मलेसियामै बस्न बाध्य १२ हजार ७ सय ७५ नेपालीले स्वदेश फर्किन पाऊँ भन्दै मलेसियास्थित नेपाली दूतावासमा निवेदन दिएका हुन् ।
विदेशमा समस्यामा परेका नेपालीलाई सरकारले अहिले चार्टर्ड उडानमार्फत स्वदेश फर्काइरहेको छ । कोभिड–१९ क्राइसिस म्यानेटमेन्ट सेन्टर (सिसिएमसी) का अनुसार मंगलबारसम्म मलेसियाबाट हवाई भाडा तिर्न सक्ने तथा कार्यरत कम्पनीले टिकट काटिदिने नेपालीहरु ४ हजार ७ सय ७८ जना स्वदेश फर्किसकेका छन् ।
टिकट खरिद गर्ने पैसा नभएको एकदमै नाजुक स्थितिमा रहेको श्रमिकलाई नेपाल सरकारले निःशुल्क स्वदेश फर्काउने प्रक्रिया सुरु गरेपनि गुणस्तर रुपमा लागु हुन सकेको छैन। अहिले पनि कतिपय श्रमिक , जो संग पैसा छैन , जसको कम्पनीले टिकट महङ्गो भयो भनेर रोकेर राख्या छ्न त्यस्ता नेपालीहरु भने फर्किन सकेका छैनन् ।
मेलेसियाबाट स्वदेश फर्किन दूतावासमा निवेदन दिएका १२ हजार ७ सय ७५ नेपालीको नाम हेर्न यहाँ क्लिक गर्नुहोला ।



















