मलेसियाबाट एकैदिन १७ जना भन्दा बढी मृत नेपाली श्रमिकको शव नेपाल फर्काइयो।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर ( मलेसिया ):= कोरोनाको कारण जारी लकडाउनले बन्द अन्तर्राष्ट्रिय हवाई उडान खुल्न नसकेपनि नेपाल सरकारले ब्यवस्था गरेको चार्टर्ड उडान मार्फत विभिन्न मुलुकमा अलपत्र परेका नेपालीहरु धमाधम स्वदेश फर्किदैछ्न।

वैदेशिक रोजगारीमा रहेका जिवित नेपालीसंगै विभिन्न कारणबस मृत्यु भएका नेपालीहरुको शव पनि अन्तिम दाहसंस्कारको लागी चार्टर्ड उडान मार्फतनै स्वदेश फर्काइदै गरेको छ। यसै क्रममा मलेसियाबाट नेपाल सम्मको लागी उडान भरेको नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सको चार्टर्ड विमानमा सोमबार एकै दिन १७ जना नेपालीको शव नेपाल फर्काइएको छ। विभिन्न मुलुकबाट भइरहेको नेपालीको चार्टर्ड उद्धार उडानका क्रममा सोमबार धेरै सङ्ख्यामा नेपालीको शव स्वदेश फर्काइएको मलेसिया स्थित नेपाली दूतावास स्रोतले जनाएको छ।

[ नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई अवतरण पश्चात् मृत नेपालीहरुको शव बाकसमा ]

यसअघि भएको चार्टर्ड विमान मार्फत पनि मलेसियाबाट ३९ जना मृत नेपालीको शव स्वदेश फर्काइ सकेको र कतिपय नेपालीको (अन्तिम दाहसंस्कार) सम्बन्धित परिवारको सहमतीमा मलेसियामै नेपाली दूतावास र विभिन्न संघसंस्थाको सहकार्यमा अन्त्यष्टि गरिएको , त्यसैगरि अन्य बाँँकी रहेको मृतकहरुको शव पनि नेपाल् फर्काइसकेको जनाएको छ।

शव नेपाल फर्काउन सफल मृत्यु भएका नेपालीहरुको नमावली क्रमशः रौतहटका सत्यनारायण शाह तेली, सुनसरीका दीपक बस्नेत क्षेत्री, सप्तरीका विष्णुदेश खाङ्ग, मोरङका नन्दलाल चौधरी, नवलपरासीका डिल्लीराम थारू चौधरी, उदयपुरका दानबहादुर परियार, पाँचथरका जीवनकुमार तामाङ रहेको छ।

त्यस्तै गोरखाका सूर्यमान गुरुङ , सप्तरीका अर्जुन राम, नवलपरासीका दिनेश चौधरी, बर्दियाका शशीप्रसाद थारू, सर्लाहीका रामप्रीत सनाही, पर्साका शंखरसिंह बानियाँ, सप्तरीका अनिलकुमार सदा, रौतहटकै विजयकुमार यादव, डोटीका सुरेशबहादुर नागरी र खोटाङका किशोर खड्का क्षेत्री लगायतको मृत्यु भएपछि मलेसियामा अड्केका शव स्वदेश ल्याएर अन्तिम दाहसंस्कारको लागी सम्बन्धित परिवारलाई जिम्मा दिइएको नेपालमा रहेको वैदेशिक रोजगार बोर्डले जानकारी दिएको छ।