झापा । शिक्षित महलिाहरु नै मानव तस्करको फन्दामा पर्ने गरेको खुलेको छ । विभिन्न प्रलोभन देखाएर भारतको मणिपुर पु¥याईएका २१ जना नेपाली महिलाको उद्धार गरिएसँगै यस्तो रहस्य खुलेको हो ।
उद्धार गरिएका महिलाहरुलाई पूर्वी नाँका काँकडभिट्टा हुँदै नेपाल ल्याएको छ । भारतको मणिपुरमा अलपत्र परेका महिलालाई उद्धार गरेर मंगलबार बिहान काँकडभिट्टा ल्याइएको हो । वैदेशिक रोजगारीका लागि गएका उनीहरु लामो समयदेखि अलपत्र परेको सूचना पाएपछि माइती नेपालको अगुवाइमा उनीहरुको उद्धार गरिएको माइती नेपालका प्रदेश–१ का संयोजक गोविन्द घिमिरेले जानकारी दिनुभयो ।
लकडाउन भन्दा अघिनै स्थलमार्गबाट उनीहरुलाई त्यहाँ पु¥याइएको बताइएको छ । दलालले उनीहरुलाई बिभिन्न देशमा राम्रो कामसँगै राम्रो तलवको लोभ देखाएर त्यहाँ पु¥याएको घिमिरेको भनाइ छ । उद्धारमा नेपाल सरकारका उप–सचिव गोमा ढकाल, नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो काठमाडौं, भारत स्थित नेपाली दूतावास, भारतमा रहेको उज्यालो होम र माइती नेपाल संलग्न रहेको माइती नेपाल १ नम्बर प्रदेश संयोजक घिमिरेले बताउनुभयो ।
उद्धार गरेका महिलाहरु देशका बिभिन्न स्थानका छन् । उनीहरुलाई माइती नेपालको स्नेह गृह सतिघट्टामा राखिएको छ । घिमिरेकाअनुसार उनीहरुमध्ये १२ जनालाई बुधबार काठमाडौं लगिने र अन्यलाई काँकडभिट्टाबाटै अभिभवकको जिम्मा लगाउने तयारी भइरहेको छ ।




















